नेपालद्वारा नेदल्याण्ड्ससामु २१७ रनको लक्ष्य प्रस्तुत

2018-08-03


एजेन्सी - नेदल्याण्ड्स विरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपालले घरेलु टोलीलाई २१७ रनको लक्ष्य दिएको छ । सोमपाल कामीको उत्कृष्ट ब्याटिङको सहयोगमा नेपालले ४८.५ओभरमा सबै विकेट गुमाउँदै २१६ रनको योगफल तयार परेको हो ।

आठौं नम्बरमा ब्याटिङ गर्न आएका सोमपालले ४६ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ६१ रन बनाएका थिए । सोमपाल बाहेक नेपालका लागि कप्तान पारस खड्काले पनि ५१ रनको अर्धशतकीय योगदान दिएका थिए ।

टस जितेर ब्याटिङ रोजेको नेपालले पहिलो विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल १३ रन बनाउँदै आउट भएका थिए । त्यसपछि अनिल शाह पनि ४ रनको व्यक्तिगत स्कोरमा आउट भए ।

सुवास खकुरेल पनि व्यक्तिगत १९ रनमा बोल्ड हुँदा नेपालले ४७ रनमात्र बनाएको थियो । नेपालको पहिलो तीनैवटा विकेट फ्रेड क्लासेनले लिएका थिए ।

चौथो विकेटका रुपमा दिपेन्द्रसिंह ऐरी १९ रनमा रनआउट भए । त्यस क्रममा पारस खड्काले ५१ रनको योगदान दिँदै १३५ को स्थितीमा पुर्‍याएका थिए ।

नेपालका लागि आरिफ शेखले १६, सन्दिप लामिछानेले ८, रोहित कुमार पौडेलले ६, ललित भण्डारीले ४ र बसन्त रेग्मीले १ रन बनाएका थिए ।

बलिङतर्फ क्लासेनले तीन विकेट लिँदा मिचेल रिप्पन र पिटर सिलरले २–२ विकेट लिए ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ