सोमपालको उत्कृष्ट खेलसंगै नेपालको २ सय रन पूरा, ४६ बलमा ६१ रन बनाएर आउट भए

2018-08-03

काठमाडौँ - नेपालका अलराउण्डर सोमपाल कामी आउट भएका छन् । आठाैँ नम्बरमा ब्याटिङमा आएका सोमपालले आज उत्कृष्ट प्रदर्शन गरे ।

४६ बलमा ६१ रन बनाएका सोमपालले ५ चौका र ३ छक्का प्रहार गरे । अब नेपालको एक विकेट मात्रै बाँकी छ । अहिले सन्दीप लामिछाने र ललित भण्डारी क्रिजमा छन् ।

नेदरल्याण्ड्सविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले २ सय रन पूरा गरेको छ । पहिला ब्याटिङ गरिरहेको नेपालले ४४.३ ओभरमा २ सय रन पूरा गरेको हो ।

लगातार विकेट खसेका बेला आठौं नम्बरमा ब्याटिङमा आएका सोमपाल कामीले पारि सम्हालेका थिए । उनले अर्धशतक प्रहार गरेपछि नेपाल सम्मानजक स्कोरतर्फ अघि बढेको छ । सोमपालले ४६ बलमा ५ चौका र ३ छक्कासहित ६१ रन बनाएका हुन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ