सार्वजनिक कार्यक्रममा प्रचण्ड र ओली एकअर्कालाई छलेर हिंडेपछि...

2018-08-03

काठमाडौ - बिहीबार नेकपाका संस्थापक नेता तुल्सीलाल अमात्यको २१ आैं स्मृति दिवस थियो । कार्यक्रममा नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख अथिति थिए। प्रवक्ताबाट हालै राजीनामा दिएका नेता नारायणकाजी श्रेष्ठ पनि कार्यक्रममा उपस्थित थिए। नेता श्रेष्ठले स्टेजमा गएर बोल्दै गर्दा अध्यक्ष दाहाल ड्यासमा बसिरहेका थिए। प्रधानमन्त्री ओलीको भने आउने सुरसार नै थिएन। श्रे्रष्ठले तुल्सीलालको योगदानबारे चर्चा गरेपछि समयको महŒवबारे पनि चर्चा गरे। उनले समयको पालना सबैले गर्नुपर्ने भन्दै १५ मिनेटभन्दा बढी कसैलाई पनि कुर्न नहुने बताए।

पार्टीको सचिवालय बैठकमा समेत समयको महत्वको विषय अजेन्डाका रूपमा प्रस्तुत भएको भन्दै श्रेष्ठले आफ्ना भनाई टुंग्याएलगत्तै ड्यासमा आसिन अध्यक्ष प्रचण्डको सम्बोधन सुन्दै नसुनी कार्यक्रमबाट बाहिरिए। श्रेष्ठ कार्यक्रमबाट बाहिरिँदा प्रधानमन्त्री ओली कार्यक्रमा उपस्थित नै भएका थिएनन्।

श्रेष्ठपछि बोल्ने पालो अध्यक्ष दाहालको थियो। दाहाले पनि अमात्यको योगदान, कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्था र एकतालगायतका विषयमा केन्द्रित रहेर आफ्ना भनाइ राखे। तुल्सीलाल स्मृति दिवसका अवसमा आयोजना गरिएका विभिन्न प्रतियोगिता तथा कार्यक्रममा उत्कृष्ट भएकाहरुलाई पुरस्कार वितरण गरेपछि कार्यक्रमलाई सम्बाधन गरेका दाहालले पनि आफ्नो छोटो सम्बोधन सकेर अर्का अध्यक्ष ओलीलाई नकुरी दाहाल कार्यक्रमबाट बाहिररिए।

दाहाल कार्यक्रमबाट बाहिरिएको केही समयपछि मात्र अर्का प्रमुख अथिति पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली कार्यक्रममा उपस्थित भएका थिए। ढिलो गरी कार्यक्रममा उपस्थित भएका ओलीले पनि पूर्व वक्ताबारे खासै चासो नराखी आफ्नो सम्बोधन सुरु गरेका थिए। उनले पार्टी भित्र खटपट हुनु स्वभाविक भन्दै सानातिना असन्तुष्टि सामान्य भएर जाने बताए। नेकपाभित्र खटपट सुरु भएको हल्ला चलिरहेका बेला नेकपाका शीर्ष नेताले महत्वपूर्ण कार्यक्रमममा एकले अर्काेलाई वेवास्ता गरेको प्रस्टै देखिन्थ्यो।

कांग्रेसले पार्टी विवाद साम्य पार्न अधिनायकवादको हल्ला
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले पार्टीभित्रको विवाद अन्यत्रै मोड्न अधिनायकवादको हल्ला चलाएको आरोप लगाएका छन्। नेकपाका संस्थापक नेता तुल्सीलालको स्मृति दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आरोप लगाएका हुन्। ‘साथीहरूले आफ्नो पार्टी भित्रको द्वन्द्व साम्य पार्न नेकपा र सरकारलाई आरोेप लगाउने काम गरिरहनुभएको छ,’ ओलेले भने। सरकारले राम्रो काम गर्दा प्रतिपक्ष झन कमजोर हुँदै जाने भएकाले सरकारविरुद्ध विभिन्न खेलोमेलो गरिरहेको ओलीको आरोप थियो।

प्रधानमन्त्री ओलीले अधिनायकवादको हल्लामा खिया लागेको र काम नलाग्ने भइसकेको दाबी गरे। ‘रामो काममा प्रतिस्पर्धा गरे हुन्थ्यो तर प्रतिपक्षीसँग त्यो सामर्थ नभएपछि अधिनायकवादका पछि लागेको छ,’ ओलीले भने। प्रधानमन्त्री ओलीले हाल अनियन्त्रित लोकतन्त्र रहेको बताए। ‘अहिले जत्तिको लोकतन्त्र कहिले पनि थिएन,’ ओलीले भने। अराजकता चरम अवस्थामा पुग्दासमेत अधिनायकवादको हल्ला फिजाएर अकारण हमला भइरहेको ओलीको आरोप थियो। ‘अल्पमतले भनेको मात्र मान्नुपर्ने, बहुमतले छलफल समेत गर्न नपाउने? बहुमत प्राप्त सांसदले संसदीय अभ्यास गर्दासमेत विरोध भइरहेको छ,’ ओलीले भने।

ओलीले न्यायपरिषद्मा सुनुवाइ प्रक्रिया नहुने भएकाले वरियताका क्रममा प्रधानन्यायाधीश रिफारिस गरिने बताए। ‘न्यायपरिषद् सुनुवाइ गर्ने निकाय होइन, यसले वरियता र वरिष्ठताका आधारमा रिफारिस गर्ने हो,’ ओलीले भने । प्रधानन्यायाधीशको सुनुवाइ पूरा नहुँदै प्रतिपक्षी कराउन थालेको ओलीको आरोप थियो। ‘निर्णय भएको छैन सुन्न थालेपछि यसरी सोध्न कहाँ पाइन्छ भनेर प्रतिपक्ष कराउन थाल्यो,’ ओलीले भने। सुनुवाइ नै नहुने भए संसद् किन चाहियो भन्दै ओलीले प्रश्न गरे। ओलीले संसदीय सुनुवाइ समितिले न्यायसंगत निर्णय गर्ने बताए। ओलीले पार्टी र सकारमाथि धेरैतिरबाट हमला भएको तर यो पहिलो घटना भने नभएको बताएका छन्। ‘हामीले धेरै दमन र अफवाह झेलर आएका छौँ, त्यसैले यस्ता कुराले हामीलाई कुनै असर गर्दैन,’ ओलीले भने।

 

 


नागरिक




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ