यौन कार्यका लागि बन्धक बनाइएका चार बालिकासहित ११ महिलाको उद्धार

2018-08-02

एजेन्सी - भारतको हैदराबादबाट यौन कार्यका लागि बन्धक बनाइएका चार बालिकासहित ११ महिलाको उद्धार गरिएको छ । उद्धार गरिएका ११ मध्ये चार ४ बालिका ७ वर्षभन्दा कमका रहेको प्रहरीले जनाएको छ ।

कलिलै उमेर भएका बालिकालाई हर्मोन दिएर छिट्टै जवान बनाई देह व्यापारमा संग्लन बनाइने गरिन्छ । यहि कार्यमा संग्लन रहेको अवस्थामा एकै परिवारका ८ जना प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई पक्राउ गरेसँगै देह व्यापारका लागि खरिद गरेका ४ बालिकालाई पाँच लाखमा किनिएकाे रहस्यसमेत खुलेको छ ।

पक्राउ गरेका ८ मध्ये ६ जना मानव तस्कर रहेको प्रहरीले बताएको छ । स-साना बालिकालाई खरिद गरि उनीहरुलाई छिटो जवान बनाउन तस्करले चिकित्सकसमेत राख्ने गरेको पनि प्रहरीले पत्ता लगाएको छ ।

बालिकालाई चाँडो जवान बनाउन चिकित्सकले हर्मोन र इन्जेक्सन लगाउने गरेका प्रहरीले जनाएको छ । उद्धार गरिएका सबै बालिका तथा महिलालाई घर फिर्ता गरिएका छन् । उद्धार गरिएका ११ महिला कुद देशका हुन् भन्नेबारे अहिलेसम्म खुलाइएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ