लर्ड्समा नेदरल्याण्ड र एमसीसीसँग भिड्दै नेपालि क्रिकेट टोली !

2018-07-29

काठमाडौं - युरोप टुरमा रहेको नेपालले आइतबार नेदरल्याण्ड र मेलबर्न क्रिकेट क्लब (एमसीसी)सँग त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट खेल्दै छ । क्रिकेटको जन्मभूमि मानिने इंल्याण्डको मानिने लर्ड्स मैदानमा नेपालले पहिलो खेल नेपाली समयअनुसार साँझ सवा ६ बजे एमसीसीसँग खेल्ने छ । त्यसपछि दोस्रो खेल नेदरल्याण्डसँग साढे १० बजे खेल्ने छ। त्यसअघि दिउँसो ३ बजे नेदरल्याण्ड र एमसीसीबीच खेल हुनेछ ।

आईसीसीबाट एकदिवसीय मान्यता पाएपछि नेपालले अन्तर्राष्ट्रिय श्रृंखला खेल्न लागेको यो पहिलोपटक हो । नेपाल र नेदरल्याण्डबीचको यो मैत्रीपूर्ण खेललाई आईसीसीले अन्तर्राष्ट्रिय टी–२० को मान्यता दिएको छ । नेपालले दुई वर्ष अगाडि पनि लर्ड्स मैदानमै पुरानो क्लब एमसीसीसँग मैत्रीपूर्ण खेल खेलेको थियो जसमा नेपाल ४१ रनले विजयी भएको थियो ।

टी–२० को सिरिज खेल्न नेपाल एक साताअघि इङ्ग्ल्याण्ड गएको थियो । त्यहाँ नेपालले स्थानीय क्लबसँग चार वटा अभ्यास खेल खेलेको थियो । जसमा नेपालले तीनमा जित र एकमा हार व्यहोरेको थियो । त्रिकोणात्मक श्रृंखलापछि नेपाली टोली नेदरल्याण्ड्स प्रस्थान गर्नेछ । त्यहाँ बुधबार र शुक्रबार नेपाल र नेदरल्याण्डबीच खेल हुने छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ