पाकिस्तानमा पूर्व क्रिकेटर इमरान खानको पार्टीलाई अग्रता

2018-07-26

एजेन्सी - इस्लामाबाद, हिंसा र झडपबीच सम्पन्न पाकिस्तानी संसद र प्रदेश सभा निर्वाचनको परिणाम आउने क्रम जारी छ ।

निकै ढिलो गरी सार्वजनिक भएका पछिल्ला परिणाम हेर्दा पूर्व क्रिकेटर इमरान खानले नेतृत्व गरेको पाकिस्तान तेहरिक ए इन्साफ (पिटिआइ)ले पूर्ण बहुमत पाउने देखिएको छ ।

हिजो साँझबाट नै मतगणना शुरु भएपनि कुनै आधिकारिक नतिजा सार्वजनिक भएपछि धाँधलीको आशंका गरिएपछि आज बिहान ४ बजे निर्वाचन आयोगले नतिजा सार्वजनिक गर्न सुरु गरेको थियो ।

पाकिस्तानी पत्रिका डनका अनुसार, पिटीआई पार्टीका समर्थकहरुले विजयोत्सव मनाउन शुरु गरिसकेका छन् ।

परम्परागत राजनीतिबाट प्रभावित पाकिस्तानमा इमरान खानको उदयलाई कतिपयले नयाँ पाकिस्तानका रुपमा समेत लिएका छन् ।

पिटीआईले आज दिउँसो दुई बजे विजय सभाको आयोजना गरेको छ । उक्त पार्टीले ५० देखि ५५ प्रतिशत मत पाउने आँकलन गरिएको छ ।
अनौपचारिक श्रोतहरुले भने निर्वाचनको सम्पूर्ण गणना भइसकेको तर औपचारिकरुपमा सार्वजनिक गर्न मात्र बाँकी रहेको जनाएका छन् ।
प्रदेश सभामा भने मिश्रित परिणाम देखिएको छ । पञ्जाब प्रान्तमा नवाज सरिफ नेतृत्वको पिएमल–एनले अहिलेसम्म १२९ सिटमा अग्रता लिएको छ । इमरान खानको पिटिआईले १२२ सिटमा अग्रता लिएको छ । खैबर पख्तुन्ख्वामा भने पिटीआई नै अगाडि छ । यता सिन्धमा भने पाकिस्तान पिपुल्स पार्टीको अग्रता छ । बलुचिस्तानलगायतका केही प्रान्तमा क्षत्रेीय पार्टीले अग्रता लिएका छन् ।
इमरान खान पाकिस्तानका चर्चित क्रिकेटर हुन ।

पाकिस्तानमा संसदको २७२ सीटका लागि निर्वाचन भएको हो । ७० सीट भने महिला र अल्पसंख्यकहरुका लाग आरक्षित गरिएका छन् । यी सीटहरु समानुपातिक प्रतिनिधित्वका आधारमा पाँचवटा बढी मत ल्याउने पार्टीहरुमा बाँडिन्छ ।

सन् २०१३ मा भएको निर्वाचनमा नवाज सरिफको पार्टीले जितेको थियो । यद्यपी शरिफले स्पष्ट बहुमत भने ल्याउन सकेका छैनन् ।
सरिफ अहिले जेलमा छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ