साउन १ देखि उपत्यकामा बक्सअफिस लागु, संचारमन्त्रीले गरे उद्घाटन !

2018-07-18

काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँसकोटाले मंगलबार बक्सअफिस प्रणालीको सुरुआत गर्दै अब फिल्महलहरूको वर्गीकरण गरिने बताएका छन् ।

चाबहिलस्थित चलचित्र विकास बोर्डको हलमा मन्त्री बाँसकोटाले सेन्ट्रल सिनेमा म्यानेजमेन्ट सिस्टम (सीसीएमसी) लगइन गरी उपत्यकाभित्रका हलहरुमा चलिरहेका फिल्महरुको व्यापार हेरे। बोर्डले साउन १ देखि उपत्यकाभित्रका ११ मल्टिप्लेक्ससहित २० हललाई बक्सअफिसको केन्द्रिय प्रणालीमा जोडेको हो।

‘सबै कुरा बनिसक्न त हजारौं वर्ष लाग्न सक्छ, तर जहाँबाट सम्भव छ, पहिलो पाइला त्यहींबाट चाल्नुपर्छ। त्यसैले आजदेखि उपत्यकाभित्र बक्सअफिस लागू भएको छ,’ मन्त्री बाँसकोटाले बक्सअफिस अब देशभर नै लागू हुने जनाउ दिंदै थपे, ‘अब हामी फिल्महलहरुको पनि एक प्रकारको वर्गीकरण गर्नेछौं। मन्त्रालयको पनि आवश्यक सपोर्ट र बोर्डले पनि आवश्यक लगानी गरी हामी ती सबै ठाउँमा जान चाहन्छौं। यसको उद्देश्य नै लगानीकर्ता सुरक्षित बनून्, कलाकारहरु भोको पेट नहिंडून्, परिश्रमको मूल्य पाऊन् भन्ने हो। यस क्षेत्रमा आउने राजश्व राज्यले पनि पाओस्। समग्रमा यो एउटा फिल्म उद्योग बनोस्।’

बोर्डका सदस्यसचिव महेन्द्रप्रसाद साँखीले सरोकारवालाहरुको सुझावसहित बनाइएको बक्सअफिस सफ्टवेयरलाई आन्तरिक राजश्व विभागको स्वीकृतीमा हलहरुमा लागू गरिएको बताए। उनले सफ्टवेयरको सुरक्षण र विश्वसनियताका लागि सरकारको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा तथ्यांक संकलन गरिने र त्यहींबाट हरेक फिल्मको व्यापार तथ्यांक तत्कालै हेर्न मिल्ने गरी सम्बन्धित फिल्मका निर्माता र वितरकलाई व्यवस्था मिलाइएको जानकारी दिए। मंगलबारदेखि उपत्यकाका क्युएफएक्स, बिग, क्युज, एफक्युब, बीएसआर, सिने डी सेफ, सिटीम्याक्स मल्टिप्लेक्ससहित गोपीकृष्ण, अष्टनारायण, गंगा, कलंकी, गुण, विश्वज्योती, बाराही, पृथ्वी, सिद्धार्थ हललाई बक्सअफिसको केन्द्रिय प्रणालीमा समेटिएको हो।

मन्त्री बाँसकोटाले विज्ञापनमा क्लिन फिल्ड पनि छिटै लागू गराइने घोषणा गरे। भने, ‘अब हामीले अर्को नीति पनि लिएर आएका छौं। विदेशी कलाकार अभिनित विज्ञापनलाई डबिङ गरेर विज्ञापन बजाउने परिपाटी बन्द गर्दै छौं।’ यसलाई लागू गराउन हुन्छ कि हुँदैन भन्नेमा विवाद र दबाब दुवै भएको उल्लेख गर्दै उनले थपे, ‘यस्तो दबाब भित्रको मात्रै नभई अन्तको पनि आउन सक्छ। तर सरकार नकामीकन काम गर्छ।’

त्यसै गरी, उनले पत्रकारको १ करोड रुपैयाँसहितको वृत्तिकोष सोमबारदेखि कार्यान्वयनमा आइसकेको जनाउँदै आउँदो वर्ष त्यसलाई ३ करोड रुपैयाँमा पुर्‍याउने बताए। ‘फिल्म क्षेत्र नेपाली जनजीवन, संस्कृति, परम्परा र देशकै गौरवसँग जोडिएको हुन्छ,’ उनले भने, ‘त्यसैले यो क्षेत्रले सरकारबाट जे अपेक्षा गरेको छ, त्यो क्रमश: पूरा हुँदै जान्छ।’

 

 

कान्तिपुर




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ


बारामा चट्याङ लागेर खेतमा धान रोपिरहेका चार महिलाको मृत्यु

काठमाडौं - बारामा चट्याङ लागेर खेतमा धान रोपिरहेका चार महिलाको मृत्यु भएको छ । बाराका दुई छुट्टाछुट्टै स्थानमा परेको चट्याङले चार जना महिलाको ज्यान लिएको

राष्ट्रपति र प्रचण्ड बीच भेटवार्ता

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । शितल निवासमा राष्ट्रपति भण्डारी र प्रचण्डबीच झन्डै १ घन्टा कुराकानी

अक्सफोर्ड विश्वविद्यालयको कोरोना खोप परीक्षण सकारात्मक, तेस्रो चरण सुरु

एजेन्सी - बेलायतको एक संसदीय समितिले अक्सफोर्ड विश्वविद्यालयमा कोभिड–१९ को खोप परीक्षणको सकारात्मक परिणाम प्राप्त भएको जनाएको छ। संसदीय सुनुवाईका क्रममा समितिले उक्त जानकारी दिएको

एकाएक संसदको अधिवेशन अन्त्य गरिनु आपत्तिजनक : कांग्रेस

काठमाडौं - एकाएक संघीय संसदको अधिवेशन अन्त्य गरिएको भन्दै प्रमुख विपक्षी नेपलाी कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै सत्तारुढ दलभित्रको

बोत्स्वानामा ३ महिनाको बिचमा ३ सय ५० भन्दा बढी हात्ती मरे, कारण अझै पत्ता लागेन

एजेन्सी - अफ्रिकी मुलुक बोत्स्वानामा एकपछि अर्को गर्दै सयौं हात्ती मर्न थालेपछि वैज्ञानिकहरुले चिन्ता व्यक्त गरेका छन्। बोत्स्वानाको ओकाभांगो डेल्टामा गत मेयता ३ सय ५०

लकडाउनले चिया क्षेत्र थलियो : न श्रमिकलाई तलब, न त चियाकै बिक्री

इलाम - मुख्य सिजनमै बन्दाबन्दी भएपछि चिया क्षेत्रले लाखौँको घाटा व्यहोर्नु परेको छ । चियाकै राजा ‘पहिलो टिपाइ’ बेच्ने समयमा कोरोनाका कारण बन्दाबन्दी भएपछि एकातिर

नेपालमा बिहीबार थपिए ४ सय ७३ जना कोरोना संक्रमित

काठमाडौँ - बिहीबार कोरोनाका चार सय ७३ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशका २५ वटा प्रयोगशालामा पिसिआर विधिबाट गरिएको

गण्डकी प्रदेशका ४ जिल्लामा थपिए ८ जना संक्रमित

पोखरा - गण्डकी प्रदेशका ४ जिल्लामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा ८ आना संक्रमित

टिचिङ्ग अस्पतालमा ४७ दिने कोरोना संक्रमित शिशुको मृत्यु

काठमाडौं - त्रिवि शिक्षण अस्पताल (टिचिङ्ग अस्पताल) मा कोरोना संक्रमित ४७ दिनको एक शिशुको मृत्यु भएको छ। मंगलबार कोरोना पुष्टि भएका ती शिशुको बुधबार गएराति मृत्यु

नेकपा स्थायी कमिटी बैठक शनिबारसम्मका लागि स्थगित

काठमाडौँ - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीको बैठक शनिबारसम्मका लागि स्थगित भएको छ। बिहीबार दुई पटक बसेको स्थायी समिति बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी