क्रोएसियाली राष्ट्रपतिको विश्वभरबाट प्रशंसा

2018-07-17

काठमाडौं - विश्वकप फुटबलको २१औं संस्करण आइतबार साँझबाट सकिएको छ । २१औं संस्करणमा यसअघि सन् १९९८ को विश्वकप जितिसकेको फ्रान्सले पहिलो पटक फाइनल पुगेको क्रोएसियालाई ४–२ गोलअन्तरले हराउँदै उपाधी जितेको छ।

अत्यन्तै रोमाञ्चक खेलअवधि जति रमाइलो र हेर्न लायक थियो, त्यति नै विश्वकप समापन समारोह पनि । समापन समारोहमा विश्वकप आयोजक राष्ट्रका राष्ट्रपति भ्लादिमिर पुटिन, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रों र क्रोएसियाली राष्ट्रपति कोलिन्दा ग्राबर कितारोभिकलगायतका अति उच्च व्यक्तित्वको सहभागिता रहेको थियो ।

निर्धारित समय सकिएलगत्तै जब रेफ्रीले सिठ्ठी फुके, मैदानबाहिर रहेका फ्रान्सेली फुटबलका खेलाडी, प्रशिक्षक र टिम सदस्य मैदानमा छिरेर जितको रमाइलो गर्न लागे । सबैलाई आश्चर्यचकित पार्दै पहिलो पटक विश्वकप फाइनलमा पुगेको क्रोएसियाका खेलाडी भने, कोही रुन थाले, कोही निरास भएर मैदानमै लडिरहेका थिए । फ्रान्सको सर्मथनमा रहेका दर्शकमा जति खुसीयाली थियो, क्रोएसियाको समर्थन गरिरहेका दर्शक त्यति नै निराश । पुरस्कार वितरण समारोह सुरु हुनेबित्तिकै पानी पर्न थालेको थियो ।

जति पुरस्कार वितरणको रौनकताले विश्वभरका दर्शकलाई तानिरहेको थियो, त्यत्ति नै, क्रोएसियाली राष्ट्रपति कोलिन्दाको प्रस्तुतिले विश्वभरका मानिसलाई नतमस्तक बनाइरहेको थियो ।

मस्कोस्थित लुजनिकी स्टेडियममा क्रोएसियाली फुटबलको रातो र सेतो रंगको राष्ट्रिय जर्सी लगाएर फ्रान्सेली राष्ट्रपति म्याक्रों, रुसी राष्ट्रपति पुटिन, फिफा अध्यक्ष जियान्नी इन्फान्टिनोलगायत अन्य उच्च व्यक्तित्वसहित खेलाडी र अफिसियललाई पदक वितरण समारोहमा उपस्थित भएकी क्रोएसियाली राष्ट्रपति कोलिन्दाको प्रस्तुतिले विश्वभरबाट उनको प्रशंसा भइरहेको छ । पहिलो पटक विश्वकपको उपाधि चुम्नबाट आफ्नो देश चुके पनि मुसलधारे पानीमा रुज्दै उनले दुवै देशका खेलाडीलाई हाँस्दै र अंकमाल गर्दै हार्दिकता प्रस्तुत गरिन्।

पानी पर्न थालेपछि रुसी राष्ट्रपति पुटिनलाई तत्काल छाता ओढाइएपनि फ्रान्सेली राष्ट्रपति म्याक्रों र क्रोएसियाली राष्ट्रपति कोलिन्दालाई भने सुरुमा ओढाइएको थिएन । यद्यपी म्याक्रोंलाई पछि छाता ओढाइएको भए पनि भिजेकी कोलिन्दा भने मुसलधारे पानीमा क्रोएसियाको साहसिक खेलबाट खुसी रहँदै हाँस्दै उभिरहेकी थिइन् । निक्कै पछि मात्रै उनका सहयोगीले कोलिन्दालाई छाता ओढाएका थिए।

‘पानी परिरहेको थियो, छाता थिएन । क्रोएसियाले खेल हारे पनि राष्ट्रपति कोलिन्दा ग्राबर कितारोभिक भने क्रोएसिया र फ्रान्सका प्रत्येक खेलाडीलाई हाँस्दै अंकमाल गरिरहेकी थिइन्, यही नै विश्वकपको उत्कृष्ट दृश्य थियो । उनको हार्दिकता अत्यन्तै मन छुने र न्यानो देखिन्थ्यो । राजनीति थिएन, केबल खेलकुद थियो । दुवै टिमलाई बधाई,’ सामाजिक सञ्जालमा लेखिएको एउटा प्रतिक्रियामा जनाइएको छ ।

पहिलो पटक विश्वकप उपाधि चुम्ने मौका गुमाए पनि राष्ट्रपति कोलिन्दाको अर्को हेर्न लायक पक्ष हिस्सी परेको उनको शैली पनि थियो ।‘विक्षिप्त राष्ट्रपतिले विश्वकपमा पराजित आफ्ना प्रत्येक खेलाडीलाई अंकमाल गर्दा उनको हिस्सी परेको न्यानो अभिभावकत्व प्रष्ट देखिन्थ्यो,’ समाचार एजेन्सी रोयटर्सले जनाएको छ । ‘राष्ट्रपति कोलिन्दाको यस्तो शैलीले स्टेडियममा उपस्थित र संसारभर टेलिभिजनमार्फत् क्रोएसियाको समर्थन गरिरहेका दर्शकलाई थप भावुक बनाएको छ,’ समाजिक सञ्जालमा भाइरल भएको अर्को प्रतिक्रियामा उल्लेख गरिएको छ । दोस्रो स्थानमा खुम्चिएको आफ्नो देशको राष्ट्रिय फुटबल टोलीका कप्तान लुका मोड्रिकसँग अंकमाल गर्ने क्रममा भने राष्ट्रपति कोलिन्दा भावुक भएकी थिइन्।

२१औं संस्करणको विश्वकप फाइनलको ९० मिनेटको खेल अवधिभर राष्ट्रपति कोलिन्दाले उत्कृष्ट मनोभाव प्रस्तुत गरेकी थिइन् । आफ्नो राष्ट्रले समूह चरण पार गरेदेखि नै उनले देशले खेलेको प्रत्येक खेल हेरेकी थिइन् । यद्यपी, बेल्जियमको राजधानी ब्रसेल्समा भएको उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)को शिखर बैठकका कारण उनले बेलायत र क्रोएसियाबीचको सेमिफाइनल खेल भने हेर्न गुमाएकी थिइन् ।

‘फाइनलमा पराजित भए पनि क्रोएसियन राष्ट्रपति विजयीजस्तै बनेर आइन् । देशको राष्ट्रिय जर्सी लगाएर पानीमा भिजेकी उनी कपाल बिग्रिएको भए पनि र आँशु आएको भए पनि त्यसलाई वेवास्ता गर्दै थिइन्,’ सामाजिक सञ्जाल बाहिरिएका लाखौं प्रतिक्रियामध्ये एउटालाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ । दुवै देशका प्रत्येक खेलाडीलाई अंकमाल गरेर उनले खेलप्रतिको विशाल भावना उजागर गरेकी थिइन् । ‘विश्वकप फाइनल खेल अवधिभर राष्ट्रपति कोलिन्दाको हाउभाउ र खेल भावना मन प-यो । तपाईं पेशेवर खेलाडीको सहासको एउटा ज्वलन्त उदाहरण हो,’ अर्को एक प्रतिक्रियामा उल्लेख गरिएको छ ।

५० वर्षीया राष्ट्रपति कोलिन्दा तत्कालीन युगोस्लोभियाकको रिजेकामा सन् १९६८ मा जन्मिएकी थिइन् । अस्ट्रिया र अमेरिका अध्ययन गरेपछि उनले क्रोएसियामै विद्यावारिधि गरेकी थिइन् । उनी क्रोएसियन, अंग्रेजी, स्पेनिस र पोर्चुगिज भाषा बोल्न सक्छिन् भने जर्मन, फ्रेन्च र इटालीयन भाषामा समेत दख्खल राख्छिन् ।

(एजेन्सीको सहयोगमा)




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ