राप्रपा एकता अन्योलमा

2018-07-17

काठमाडौं - एक साताभित्रै दोस्रो चरणको वार्ता गर्ने निर्णय गर्दै पहिलो चरणको वार्ता सकिएको एक महिना बितिसक्दा पनि दुई राप्रपाद्वारा गठित वार्ता समितिको बैठक बस्न सकेको छैन। करिब एक वर्षअघि मात्र तीन चिरामा विभाजित राप्रपाबीच फेरि पार्टी एकताका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा प्रजातान्त्रिकले वार्ता समिति गठन गरेका थिए भने डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादी पार्टी एकतामा सहभागी भएको छैन।

लामो समयसम्म दोस्रो चरणको वार्ता हुन नसक्दा दुवै पार्टीभित्र एकतालाई लिएर संशय उत्पन्न भइरहेका बेला वार्तामा सहभागी नेता भने आन्तरिक गृहकार्यमा जुट्दा वार्ता हुन नसकेको जनाएका छन्। राप्रपाका वरिष्ठ उपाध्यक्ष एवं वार्ता समितिका संयोजक बुद्धिमान तामाङले एकताप्रति दुवै दल सकारात्मक रहेकाले ढिलोचाँडो एकता हुने दाबी गरे। उनले भने, ‘पार्टी एकता हुनेमा कुनै शंका छैन, हतारमा एकता गर्नुभन्दा हामीले आन्तरीक गृहकार्यमा बढी समय दिएका हौं।’

एकीकृत पार्टीलाई सशक्त एवं प्रभावकारी बनाउनेबारे वार्ता समितिमा सदस्यबीच अनौपचारिक छलफल चलिरहेको उनले जनाए। राप्रपा प्रजातान्त्रिकका महामन्त्री एवं वार्ता समिति सदस्य सुनिलबहादुर थापाले आफ्नो पार्टीका तर्फबाट वार्ता समितिका संयोजक दीपक बोहोरा देशबाहिर गएका कारण वार्ता हुन नसकेको बताए। उनले भने, ‘संयोजक नै बाहिर गएपछि वार्ता हुन नसकेको हो। उहाँ फर्किएपछि वार्ता समितिको बैठक बस्छ।’ उनले राप्रपासहित अन्य दलसँग पनि पार्टी एकताको प्रयास गरिने जनाए।

राप्रपा पार्टी स्थापनाको तीन दशक नपुग्दै आधा दर्जनभन्दा बढी पटक विभाजित भइसकेको छ। पञ्चायत पृष्ठभूमि भएका अधिकांश नेता रहेको तीन वटै राप्रपामा सैद्धान्तिक र वैचारिक रूपमा खासै मतभिन्नता नरहे पनि शीर्ष नेताबीचको नेतृत्वको होडबाजी र व्यक्तिगत ‘इगो’का कारण राप्रपा विभाजन हुँदै आएको हो।

दोस्रो संविधानसभा निर्वाचन परिणामले उत्साहित राप्रपाधारका दल गत वर्ष सम्पन्न प्रदेश र संघीय निर्वाचनमा नराम्ररी पराजित भएपछि भने फेरि एकताका लागि जुटेका हुन्। उनीहरूले पार्टी विभाजनलाई नै हारको प्रमुख कारण बताउँदै आएका छन्।

 


अन्नपुर्ण




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ