नेकपामा मर्यादाक्रम हेरफेर, भातृसंगठनका पदाधिकारी अन्य कमिटिमा समेत रहन पाउने

2018-07-16

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विधानले भातृसंगठनमाथि खुकुलो नीति अपनाएको छ । यसअघि प्रस्तावित नीतिअनुसार भातृसंगठनका पदाधिकारीहरु जिल्ला समिति वा सो सरहको मर्यादाक्रममा राखिएको थियो भने पार्टी कमिटिको कुनै पनि निकायमा रहन नसक्ने व्यवस्था गरिएको थियो ।

अहिले भातृ संगठनका पदाधिकारी जुनसुकै कमिटिमा रहन पाउने र उसको मर्यादाक्रमको उसको कमिटि अनुसार हुने गरी नियमावली पारित भएको छ ।

यसअघि भातृ संगठनका नेताहरुले पार्टी कमिटिको हैसियत र जिल्ला समितिको स्ट्याटसप्रति विरोध गरेका थिए ।

यो सँगै भातृसंगठनका नेताहरुलाई पार्टीको जुनसुकै कमिटिमा समेत रहन पाउने अधिकार प्राप्त भएको छ ।

यस्तो हुनेछ कमिटि प्रणाली

केन्द्रीय कमिटी –४४१ ।
जिल्ला कमिटी– १२५ देखि २२५ सदस्यीय । (एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको हकमा एक निर्वाचन क्षेत्र बराबर १० सदस्य थप हुनेछन् । यसो गर्दा सबैभन्दा बढी १० निर्वाचन क्षेत्र भएको काठमाडौंमा २२५ सदस्यीय जिल्ला कमिटी हुनेछ । )

प्रदेश कमिटी– १५१ (एक निर्वाचन क्षेत्र बराबर २ सदस्य थपिने ) ।
महानगर, नगर, गाउँ, वडा कमिटी–
महानगर कमिटी– ७५
उपमहानगर– ६१
गाउँपालिका –५१
वडा कमिटी २५
प्रारम्भिक कमिटी –१५ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ