राजपा संसदीय दलको नेतामा महन्थ ठाकुर

2018-07-15

काठमाडौँ - राष्ट्रिय जनता पार्टी संसदीय दलको नेतामा महन्थ ठाकुर चयन भएका छन् । शनिबार बसेको संसदीय दलको बैठकले उनको नाम सर्वसम्मत चयन गरेको हो । राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोको समर्थनमा ठाकुर दलको नेता चयन भएका हुन् । प्रतिनिधिसभामा १७ सांसद भएको राजपाले सात महिनासम्म दलको नेता चयन गर्न सकेको थिएन ।

दलको नेताका लागि राजपाभित्र ठाकुर र महतोबीच प्रतिस्पर्धा भइरहेको थियो । दुई नेताबीच कुरा नमिल्दा आगामी बुधबारपछि निर्वाचनबाटै नेता निर्वाचित गर्ने सहमति भएको थियो । तर, शनिबार बसेको बैठकमा एक्कासि सहमति जुटेको हो ।

निर्वाचनमा गएर भए पनि महतो दलको नेता हुने प्रयासमा थिए । १७ मध्ये नौजना महतोको पक्षमा थिए । तर, शुक्रबार एकाएक समीकरण परिवर्तन भएपछि महतो निर्वाचन नलड्ने निर्णयमा पुगेको स्रोतले बतायो । शनिबार बसेको बैठकमा उनी आफैँले ठाकुरलाई समर्थन गरे ।

शुक्रबार बिहानसम्म अध्यक्षमण्डलका सदस्य शरतसिंह भण्डारी महतोको पक्षमा थिए । भण्डारी समूहमा दुईजना छन् । उनीहरू ठाकुरतिर लागेपछि महतोको पक्षमा सातजना मात्रै भए भने ठाकुरको पक्षमा १० सांसद पुगे । यसरी समीकरण परिवर्तन भएपछि महतोले ठाकुरलाई समर्थन गरेको राजपा स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार ठाकुरले भण्डारीलाई दलको उपनेता र सरकारमा गएको अवस्थामा मन्त्री बनाउने आश्वासन दिएका छन् । अध्यक्षमण्डलका सदस्य महेन्द्र राय यादवले दलको नेता चयन भएको आइतबार संसद् सचिवालयलाई जानकारी गराउने बताए ।


नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ