राप्रपा अध्यक्ष थापाले गठन गरे २० वटा विभाग

2018-07-13

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रमा २० विभाग र समिति गठन गरेको छ । अध्यक्ष कमल थापाले पार्टी विधानबमोजिम बिहीबार २० समिति र विभाग गठन गर्दै संयोजकसमेत तोकेका छन् । संयोजक तोकिएकाहरू पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य छन् ।

पार्टी प्रवक्ता भुवन पाठकले जारी गरेको विज्ञप्तिअनुसार अध्यक्ष थापा सूचना तथा प्रविधि विभागको संयोजक आफैँ भएका छन् । वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ राजनीतिक विभाग, उपाध्यक्ष राजीव पराजुली अनुशासन समिति र अर्का उपाध्यक्ष टंक ढकाललाई स्थानीय निकाय परिचालन विभागको संयोजक बनाइएको छ ।

त्यस्तै, महामन्त्री राजेन्द्र लिङ्देनलाई संगठन, दिलविकास राजभण्डारीलाई पर्यटन, महामन्त्री जयन्त चन्दलाई अन्तर्राष्ट्रिय सम्बन्ध विभागको संयोजक तोकिएको छ । कोषाध्यक्ष उद्धव पौडेल आर्थिक, प्रवक्ता सुशील श्रेष्ठ संयोजित संगठन समन्वय, प्रचार विभाग प्रमुखमा मोहन श्रेष्ठ तोकिएका छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ