पाकिस्तानमा चुनावी कार्यक्रममाथि आत्मघाती हमला, एक नेतासहित १३ को मृत्यु

2018-07-11

एजेन्सी - पाकिस्तानको पेशावरमा आत्मघाती हमला हुँदा एक नेतासहित १३ जनाको मृत्यु भएको छ । आक्रमणमा ५० जनाभन्दा बढी घाइते भएका छन् ।

आक्रमणकारीले मंगलबार अबेर राति एक चुनावी कार्यक्रमलाई लक्षित गरी हमला गरेका थिए । सो आक्रमणमा अवामी नेशनल पार्टी (एएनपी)का नेता हारुन बिलोरसहित १३ जनाको मृत्यु भएको पेशावर शहरका प्रहरी प्रमुख काजी जमीलले बताएका छन् ।

बिलोर कार्यक्रमको स्टेजमा उक्लिनासाथ आत्मघाती हमला भएको थियो । उनलाई तत्कालै अस्पतालमा पुर्याइए पनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

Image result for peshawar blast, bilor died pakistan

बम निरोधक दस्ताका प्रमुख शौकत मलिकका अनुसार आक्रमणमा करिब ८ किलो डायनामाइटको प्रयोग गरिएको थियो । घटनाको थप अनुसन्धान भइरहेको पाकिस्तानका अधिकारीहरुले बताएका छन् ।

पाकिस्तानमा आगामी २५ जुलाईमा आम चुनाव हुँदैछ । चुनावको मिति नजिकिँदै जाँदा हिंसात्मक घटनाहरु पनि भइरहेका छन् । यसअघि जुलाई महिनाको सुरुआतमा खैबर पख्तुनख्वा प्रान्तको तख्तीखेलमा भएको आक्रमणमा मुत्ताहिदा पार्टीका एक उम्मेदवारसहित ७ जना घाइते भएका थिए ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ