अाज इंग्ल्याण्ड बिरुद्ध क्रोएसियाको खेल, को पुग्ला फाइनलमा ?

2018-07-11

मस्को - रसियामा जारी विश्वकप फुटबल अन्तर्गत आज फाइनल प्रवेशका लागि पूर्वविजेता इंग्ल्याण्ड र क्रोएसिया भिड्दै छन् । दुवै टिमले विश्वकप सेमिफाइनलको तीतो विगत भुल्दै फाइनल पुग्ने चाहना राखेका छन् । आज यी दुईबीचको विजेताले उपाधि भिडन्तमा फ्रान्सको सामना गर्नुपर्ने छ । खेल नेपाली समयअनुसार राती पौने १२ बजे हुने छ ।

इङ्ल्यान्डले १९९० मा इटालीमा सम्पन्न विश्वकपमा सेमिफाइनलसम्मको यात्रा गरेको थियो । तर अन्तिम ४ मा पश्चिम जर्मनीलाई पेनाल्टी सुटआउटमा नतिजा सुम्पिएपछि १९६६ पछि पहिलो उपाधि जित्ने इङ्ल्यान्डको सपना चकनाचूर भएको थियो । त्यसपछिका विश्वकप इङ्ल्यान्डका लागि सम्झनलायक बनेको छैन।

४ वर्षअघि ब्राजिलमा टोली समूहचरणबाटै बाहिरिएको थियो । त्यस्तै १९९८ मा फ्रान्समा सम्पन्न विश्वकपमा स्वतन्त्र राष्ट्रका रूपमा पहिलो पटक सहभागिता जनाएको क्रोएसिया आयोजकसँग सेमिफाइनलमा २-१ ले निराश बनेको थियो । क्रोएसिया पनि ब्राजिल विश्वकपको समूहचरणबाटै बाहिरिएको थियो।

इङ्ल्यान्डले अन्तिम १६ मा कोलम्बियालाई निराश पार्दै विश्वकपको नकआउट चरणमा पेनाल्टी सुटआउटमा भोग्दै आएको हारको शृंखलामा पूर्णविराम लगाएको थियो । त्यस क्रममा गोलकिपर जोर्डन पिकफर्डको प्रदर्शन प्रशंसनीय रह्यो । शनिबार स्विडेनलाई २-० ले निराश पार्दै २८ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा स्थान पक्का गर्दा पनि पिकफर्डको प्रदर्शन उच्च थियो।

पहिलो खेलमा ट्युनिसियालाई २-१ ले पराजित गरेको इङ्ल्यान्डले दोस्रो खेलमा पानामामाथि ६-१ को प्रभाभशाली जित हात पारेको थियो । निक्कै रणनीतिक बनेको समूहचरणको अन्तिम खेलमा बेल्जिममसँग पराजित इङ्ल्यान्डले अन्तिम १६ मा कोलम्बिया र क्वार्टरफाइनलमा स्विडेनलाई निराश पारेको हो। इङ्ल्यान्ड जारी प्रतियोगितामा सेट पिसमा गोल निकाल्ने अब्बल टोलीका रूपमा देखा परेको छ ।

टोलीले अन्तिम ४ सम्मको यात्रामा ११ गोल गर्दा ८ गोल सेट पिसमा भएका थिए । इङ्ल्यान्डका कप्तान ह्यारी केन जारी प्रतियोगितामा ६ गोल गर्दै उच्च गोलकर्ताको सूचीमा सबभन्दा अगाडि छन् । ४ गोल गरेका बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकु, पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र रूसका मिडफिल्डर डेनिस चेरिसेभ दोस्रो स्थानमा छन्।

यता समूहचरणको पहिलो खेलमा नाइजेरियालाई पराजित गरेको क्रोएसियाले दोस्रो खेलमा अर्जेन्टिनामाथि सहज जित हात पारेको थियो । अन्तिम खेलमा क्रोएसियाले आइसल्यान्डलाई पराजित गरेको थियो । समूहचरणमा सहज जित हात पारेको क्रोएसियाले अन्तिम १६ मा डेनमार्क र क्वार्टरफाइनलमा आयोजक रूसको यात्रा समाप्त पार्दै इङ्ल्यान्डसँगको भेट पक्का गरेको हो ।

अन्तिम १६ र क्वार्टरफाइन दुवैमा क्रोएसिया पेनाल्टी सुटआउटमा भाग्यमानी साबित भएको थियो । जहाँ गोलकिपर ड्यानियल सुबासिचको प्रदर्शन प्रशंसनीय थियो। जारी प्रतियोगितामा क्रोएसियाका कप्तान लुका मोडरिचले पनि प्रभावशाली प्रदर्शन गर्दै आएका छन् ।

मोडरिचले ५ मध्ये ३ खेलमा म्यान अफ दी म्याचको अवार्ड जितिसकेका छन् । क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिचले टोलीले अन्तिम ४ सम्मको यात्रा पक्का गर्न धेरै संघर्ष गरे पनि इङ्ल्यान्डको उपाधिलक्ष्यमा तगारो बन्नका लागि शक्ति जोगाएर राखेको बताए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ