एक दिवसीय क्रिकेट : नेपालले नेदरल्याण्डसँग साउन १६ मा खेल्ने

2018-07-10

काठमाडौं - नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो शृङ्खला नेदरल्याण्ड्ससँग आगामी साउनमा खेल्ने भएको छ । साउन १६ र १८ गते नेपालले नेदरल्याण्ड्ससँग उसकै घरेलु मैदानमा खेल नेदरल्याण्ड क्रिकेट बोर्डले पुष्टी परेको छ।

केही समयअघि जिम्बाबेमा सम्पन्न विश्वकप छनोट प्रतियोगिताबाट नेपालले पहिलो पटक एक दिवसिय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो ।

त्यसअघि इङ्ल्यान्डको लर्ड्स क्रिकेट मैदानमा जुलाई २९ ( साउन १३) मा नेपाल, नेदरल्यान्ड्स र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) बीच त्रिकोणात्मक टी–२० शृङ्खला हुने छ । त्यसपछि नेपालले नेदरल्यान्ड्स गएर दुई वटा एक दिवसीय खेल खेल्ने बताइएको छ ।

तर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले नेपालको क्रिकेट संघमाथि निलम्बन लगाएको अवस्थामा नेपाली टोलीले कहिले र कोविरुद्ध एक दिवसीय क्रिकेट खेल्छ भन्ने अन्योल थियो।

यो नेपालले एक दिवसीय मान्यता पाएपछि यो पहिलो पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ। यस्तै नेदरल्याण्डका लागि पनि सन् २०१४ पछिको पहिलो एक दिवसीय प्रतियोगिता हो। दुई खेलहरू भोर्गबर्ग सिसि र भिआरए मैदानमा हुने भएको छ।

नेदरल्याण्डले त्यसयता एक दिवसीय मान्यता गुमाएको थियो। तर सन् २०१५ मा विश्व क्रिकेट लिग च्याम्पियनसिपको उपाधि जितेसँगै पुनः एक दिवसिय मान्यता पाएको हो।

यसैबीच युरोप भ्रमणमा हुने नेपाली टोलीले अर्को पनि एक दिवसीय सिरिज खेल्ने सम्भावना रहेको छ। क्रिकेट सम्बन्धी समाचार साइट क्रिक इन्फोका अनुसार स्कटल्याण्डसँग पनि नेपालले वान डे सिरिज खेल्नेबारे संभावना रहेको बताएको छ । तर यसको अन्तिम टुंगो भने लागि सकेको छैन ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ