नेकपाको सचिवालय बैठक सकियो, जनवर्गीय संगठनको एकता अझै टुंगो लागेन !

2018-07-10

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपाको सचिवालय बैठक भर्खरै सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार विहान पार्टीको नियमावली र संगठनात्मक विषयमा टुंगो लगाउने भन्दै बैठक बसेको थियो ।

तर एकीकृत पार्टीको नियमावली, संगठनात्मक संरचना, पार्टीको प्रदेश, जिल्ला र स्थानीय तहमा हुने एकताको ढाँचा र जनवर्गीय संगठनहरुको एकताबारे छलफल भए पनि कुनै निर्णय भने नभएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले जानकारी दिए ।

सचिवालयको छिट्टै बस्ने सचिवालयको अर्को बैठकले यी सबै विषयमा टुंगो लगाउने तयारी रहेको बताए ।

‘धेरै विषयमा कुराकानी भयो, हामी छलफलमै छौं । सम्भव भए आजै बेलुका, नभए भोलि बिहानसम्म हामी फेरि बस्छौं’ प्रवक्ता श्रेष्ठले भने । श्रेष्ठका अनुसार सबै तहको एकता छिटो टुंगाउनु पर्नेमा सबै नेता सहमत छन् ।

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय तहमा एकता भए पनि प्रदेश, जिल्ला, गाउँपालिका र नगरपालिकास्तरमा पार्टी एकता हुन सकेको छैन । भने पार्टी एकता भएको लामो समय वितिसक्दा पनि कुनै पनि जनवर्गीय संगठनको एकता हुन सकेको छैन ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ