भारतद्वारा ‘क्रु एस्केप सिस्टम’ को सफल परीक्षण

2018-07-08

बिबिसी - भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) लाई मानव मिशनको क्षेत्रमा एक ठूलो सफलता प्राप्त भएको छ । इसरोले अन्तरिक्ष यात्रीहरुको सुरक्षामा ठूलो कदम मानिने ‘क्रु एस्केप सिस्टम’ को सफल परीक्षण गरेको छ ।

‘क्रु एस्केप सिस्टम’ अन्तरिक्ष अभियान रोक्नुपर्ने स्थितिमा अन्तरिक्ष यात्रीहरुलाई सुरक्षित रुपमा फिर्ता ल्याउन सहयोगी हुन्छ । यसअघि केवल तीन देशहरु अमेरिका, रूस र चीनसँग मात्रै यो सुविधा थियो ।

बिहीबार पाँच घण्टा चलेको उल्टो गणनापछि श्रीहरिकोटाको सतिश धवन अन्तरिक्ष केन्द्रबाट डमी क्रु मोड्युलका साथ १२.६ टन तौल भएको ‘क्रु एस्केप सिस्टम’ को बिहान ७ बजे परीक्षण गरिएको छ । यो परीक्षण २५९ सेकेण्डमा सफलतापूर्वक सम्पन्न भएको बताइएको छ । परीक्षणका दौरान क्रु मोड्युलका साथ ‘क्रु एस्केप सिस्टम’ लाई आकाशमा उडाएर श्रीहरिकोटाबाट २.९ किलोमिटर टाढा बंगालको खाडीमा प्याराशुटको सहायतामा अवतरण गरिएको थियो । -बीबीसी




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ