गुफामा फसेका थाइल्याण्डका बालकहरुलाई विश्वकप फाइनल हेर्न फिफा अध्यक्षको निम्तो

2018-07-08

काठमाडौं - अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले झण्डै दुई हप्तादेखि थाइल्याण्डको एउटा गुफामा फसेका बालकहरुको फुटबल टिमलाई विश्वकपको फाइनल खेल हेर्न आमन्त्रण गरेका छन् ।

इन्फान्टिनोले विश्वकप फुटबल २०१८ को फाइनलभन्दा अगाडि नै बालकहरु र फुटबल प्रशिक्षकको उद्धार भैसक्ने आशा गर्दै निम्तो पठाएका हुन् । फिफा अध्यक्षले १५ जुलाईमा मस्कोमा हुने फाइनल खेलमा गुफामा फसेका ‘वाइल्ड बोअर्स’ टिमका खेलाडी उपस्थित हुने आशा व्यक्त गरेका छन् ।

थाइल्याण्ड फुटबल संघलाई लेखेको पत्रमा उनले भनेका छन्, ‘हामी आशावादी छौं कि उनीहरुले छिट्टै नै परिवारलाई भेट्ने छन् । यदि उनीहरुको स्वास्थ्य अवस्था अनुकुल भयो भने म २०१८ को विश्वकप फाइनलमा उनीहरुलाई पाहुनाको रुपमा स्वागत गर्न पाउँदा निकै खुशी हुनेछु ।’ उनले अगाडि भनेका छन्, ‘मलाई आशा छ कि उनीहरु फाइनलमा हामीसँगै हुनेछन् । निःसन्देह यो एउटा उत्सव मनाउने अद्भूत क्षण हुनेछ ।’

थाइल्याण्डका ११ देखि १६ वर्ष उमेरका फुटबल खेलाडी र प्रशिक्षक २३ जुनदेखि एउटा गुफामा फसिरहेका छन् । बेपत्ता भएको नौ दिनपछि मात्रै गोताखोरहरुले बालक र प्रशिक्षक सुरक्षित भएको पत्ता लगाएका थिए । उद्धारकर्ताहरुले उनीहरुसँग गरेको कुराकानीको भिडियो नै सार्वजनिक गरेका थिए । शनिबारमात्रै ती बालकहरुले आफ्ना अभिभावकलाई पहिलोपटक चिठ्ठीसमेत पठाएका छन् ।

विभिन्न देशबाट खटिएका उद्धारकर्ताहरु उनीहरुको उद्धारमा निरन्तर खटिरहेका छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ