नेविसंघमा लफडा : काफ्ले समुहले दियो यस्तो चेतावनी !

2018-07-08

काठमाडाैं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघभित्रको विवाद फेरि सतहमा आएको छ । पदाधिकारी तथा केन्द्रीय सदस्य पदमा अध्यक्षले एकलौटी ढंगले मनोनयन गरेको भन्दै महामन्त्री कुन्दनराज काफ्ले समूहले आपत्ति जनाउएसँगै विवाद सतहमा आएको हो ।

अध्यक्ष नैनसिंह महरले पदाधिकारी तथा केन्द्रीय सदस्यमा मनोनयन गर्दा एकलौटी ढंगले गरेको असन्तुष्ट पक्षको आरोप छ । अध्यक्ष नैनसिंह महरले उपाध्यक्षमा नीलकण्ठ रिजाल र कृष्ण बस्नेतलाई मनोनयन गरेका छन् भने सहमहामन्त्रीमा महेश्वरी कुँवर र बद्री मुडभरीलाई मनोनयन गर्दा अन्य पदमा पनि एकलौटी ढंगले मनोनयन गर्ने काम भएको काफ्लेसहितका असन्तुष्ट समूहको आरोप छ ।

संगठनको १२औं महाधिवेशन सुनिश्चितताको लागि आफूहरुले पटकपटक गर्दै आएको पहल र प्रयास गर्दै आएपछि त्यसलाई अध्यक्षले बिथोल्ने प्रयास गरेको महामन्त्री काफ्लेले आरोप लगाएका छन् ।

महामन्त्री काफ्लेसहित उपाध्यक्ष प्रकाश राना, नविन राई, डिल्लीराम सुवेदी र रामप्रसाद अधिकारीले एक संयुक्त वक्तब्य जारी गरी केन्द्रीय समितिमा बहुमत पदाधिकारी एवम् सदस्यहरु संगठनलाई विधि र विधानसम्मत अगाडि बढाउन तथा समयमै महाधिवेशन सम्पन्न गराउन लागिपरेको भएपनि अध्यक्षको गतिविधिबाट वातावरण विग्रने अवस्था रहेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा सहमति र समझदारी बिना अध्यक्षबाट गरिएका सबै मनोनयन महाधिवेशन नगराउने उद्देश्यबाट प्रेरित रहेको भन्दै त्यसविरुद्ध कडा रुपमा प्रस्तुत हुने चेतावनी दिइएको छ ।

नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले पनि अध्यक्षको कार्यशैली विरुद्ध आफूहरु एकजुट भएर अघि बढ्ने भन्दै १२औं महाधिवेशन नगराउनका लागि भएका सबैखाले निर्णयहरुका विरुद्ध कडा रुपमा प्रस्तुत हुने बताए ।

अध्यक्षको कार्यशैलीविरुद्ध एकजुट भएर अघि बढ्ने विषयमा छलफल गर्न शनिबार राजधानीको पशुपति बहुमुखी क्याम्पसमा महामन्त्री काफ्ले समूहका विद्यार्थी नेताहरुको बैठक समेत बसेको बताइएको छ ।

उक्त बैठकले सोमबार राजधानीमा बृहत केन्द्रीय समितिको बैठक बोलाइको र सो बैठकले कसरी अघि बढ्ने भन्ने’bout निर्णय लिने नेविसंघ महामन्त्री कुन्दन राज काफ्लेले बताए ।

अध्यक्षको कार्यशैलीविरुद्ध काफ्ले समूहले समान्तर रुपमा संगठन सञ्चालन गर्दै आएको छ । केहि महिना अघिमात्रै बहुमत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको भन्दै काफ्लेले बाल्मिकी क्याम्पसमा केन्द्रीय समितिको बैठक बोलाएका थिए । तर, सो बैठक पार्टीको हस्तक्षेपपछि रोकिन पुगेको थियो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ