काभानीको सहभागिता यसकारण अन्योलमा

2018-07-06

मस्को - अघिल्लो खेलमा घाइते भएका उरुग्वेका अनुभवी स्ट्राइकर एडिन्सन काभानीले फ्रान्सविरुद्घको क्वार्टरफाइनल खेल खेल्न सक्ने वा नसक्ने अझै अन्योलमा रहेको उरुग्वेले जनाएको छ । पोर्चुगलविरुद्घको प्रिक्वार्टरफाइनल खेलका क्रममा ३१ वर्षीय काभानीको पिँडुलामा समस्या देखिएको थियो । उक्त खेलमा विजयी हुँदै दुई पटकको विश्वकप विजेता उरुग्वे क्वार्टरफाइनलमा पुगेको थियो ।

काभानीको उपचारमा संलग्न चिकित्सकले उनको पिँडुला निकै सुन्निएको बताएका छन् । मांसपेशी नच्यातिए पनि पिँडुला अझै सुन्निएकाले क्वार्टरफाइनल खेलमा उनको सहभागिता अन्योलमै रहेको समाचारमा जनाइएको छ । उरुग्वेले आगामी शुक्रबार फ्रान्ससँग क्वार्टरफाइनल खेल खेल्ने कार्यक्रम छ ।

‘चिकित्सकले दिएको सुझाव गतिलो छैन । त्यसैले हामी अहिले पर्ख र हेरको अवस्थामा छौं’, उरुग्वेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्थितिमा तीव्र सुधार नआउने हो भने उनले क्वार्टरफाइनल खेल खेल्ने सम्भावना निकै कम छ ।’

जारी विश्वकपमा उरुग्वेलाई क्वार्टरफाइनलसम्म पु¥याउन काभानीको महŒवपूर्ण योगदान रहेको छ । उनले हालसम्म टोलीका लागि तीन गोल गरिसकेका छन् । पोर्चुगलविरुद्घको खेलमा पनि उनले दुई गोल गरेका थिए । यसैगरी समूहगत चरणको रुसविरुद्घको खेलमा पनि उनले एक गोल गरेका थिए । जारी विश्वकपमा समूहगत चरणका तीनवटै खेल जित्दै प्रिक्वार्टरफाइनलमा पुग्ने तीन टोलीमध्ये उरुग्वे पनि एक हो ।

काभानीको चोटले प्रशिक्षक ओस्कर टाबरेज पनि चिन्तामा परेका छन् । काभानी समयमै ठीक नभए उनको स्थानमा क्रिस्टिन स्टुआनीलाई खेलाउने संकेत पनि प्रशिक्षक टाबरेजले दिएका छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ