विश्वकपमा क्वाटरफाइनलका खेल शुक्रबारदेखि, कसको भिडन्त को सँग हुँदैछ ?

2018-07-04

काठमाडौ - रसियामा जारी विश्वकप फुटबल प्रतियोगितामा प्रिक्वार्टर फाइनलका खेलहरू सकिएका छन्। मंगलबार राति भएका दुई खेलमा स्विडेन र इंग्ल्याण्ड विजयी भएसँगै क्वार्टर फाइनल खेल्ने ८ टोलीको टुंगो लागेको हो। इंग्ल्याण्ड टाइब्रेकरमा कोलम्बियालाई हराएर क्वार्टर फाइनल पुगेको हो भने स्विडेनले स्विट्जरल्याण्डलाई १–० ले हराएको थियो।

क्वार्टर फाइनलका खेलहरू शुक्रबारदेखि सुरू हुनेछन् । शुक्रबार पहिलो खेल १९९८ को विश्वविजेता फ्रान्स र दुई पटक उपाधि उचालेको उरूग्वेबीच हुँदैछ।

यसैगरी सोही दिन नै दोस्रो खेल पाँच पटकको विश्वविजेता ब्राजिल र बेल्जियमबीच हुँदैछ। प्रिक्वार्टर फाइनलमा ब्राजिलले मेक्सिकोलाई हराएको थियो भने बेल्जियमले एसियाली टोली जापानलाई पाखा लगाएको थियो।

क्वार्टर फाइनलको अन्तिम खेल आयोजक रसिया र क्रोएशियाबीच हुनेछ। रसियाले २०१०को विश्वविजेता स्पेनलाई टाइब्रेकरमा स्तब्ध पारेर क्वार्टर फाइनल पुगेको थियो भने क्रोएशियाले डेनमार्कलाई हराएको थियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ