गुफाभित्र ९ दिनपछि जीवितै भेटियो फुटबल टोली

2018-07-03

एजेन्सी - थाइल्याण्डकाे एक गुफामा फुटबल टोली ९ दिनपछि सकुशल भेटिएको छ । सो गुफामा १२ जना खेलाडीसहित फुटबल प्रशिक ९ दिनपछि सकुशल भेटिएका हुन् । अहिले उनीहरु सबैको उद्धार भइरहेको छ ।

फुटबल प्रशिक्षकले स्कूले विद्यार्थीहरूलाई घुमाउन गुफा लगेका थिए। पानीले घेरिएको चट्टानमाथि बसिरहेको अवस्थामा दुईजना ब्रिटिश गोताखोरहरूसँग उनीहरूको जम्काझेट भएको नाटकीय दृश्य भिडिओ फूटेजमा देखिन्छ। फसेकाहरूको उद्धार गर्न लागिएको खबरसँगै उनीहरूको परिवारका सदस्यहरू आह्लादित भएका छन्। गुफामा फसेका किशोरहरूमध्येका एकजनाकी आमाले उनीहरूबारे सुनेर आफू औधी खुशी भएको बताइन्।

गुफाको मुखैमा पुगेका जोनाथन हेड भन्छन्, थाइ अधिकारीहरूले औषधि र चिकित्सकलाई गुफाभित्र पुर्‍याउने सोच बनाएका छन्। सबैभन्दा पहिला फसेका स्कूले बालकहरूलाई बलियो बनाउन आवश्यक छ। तर पानीको भेल पसेको गुफाभित्रबाट उनीहरूलाई निकाल्ने काम निकै कठिन छ।

उद्धारकर्ताहरूले गोता लगाउने उपकरणको प्रयोगमार्फत फसेकाहरूलाई निकाल्ने या उनीहरूमा शक्ति आएपछि र त्यहाँको पानी तानेपछि मात्रै निकाल्नेबारे अब निर्णय गर्नुपर्ने हुन्छ। हराइरहरेका किशोरहरू र उनीहरूका प्रशिक्षकसम्म पुग्न ब्रिटिश गोताखोरहरूलाई घण्टौँ लागेको थियो। -बीबीसी




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ