मेक्सिकोलाई पराजित गर्दै ब्राजिल क्वार्टरफाइनलमा, सेमीफाइनलका लागि बेल्जियमसंग भिड्ने

2018-07-03

काठमाडौं - विश्वकप फुटबलकाे प्रि क्वाटरफाइनलमा मेक्सिकोलाई पराजित गर्दै ब्राजिल विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । ब्राजिलले मेक्सिकोलाई २-० गोल अन्तरले पराजित गरेकाे हो ।

रुसको सामारा एरिनामा उत्तर अमेरिकी प्रतिस्पर्धी मेक्सिकोलाई हराउने क्रममा उसका सुपरस्टार नेइमारले गोल गरे । नेइमारले जारी विश्वकपमा दोस्रो गोल गरेका हुन् भने समग्रमा यो उनको छैटौं गोल हो ।

नेइमारले खेलको ५१औं मिनेटमा विलियनको क्रसमा गोल गरेका हुन् । मेक्सिकन किपर ओचाओ बिट भइसकेको अवस्थामा विश्वकै सबैभन्दा महंगा फुटबलर नेइमारले गोल लाइन नजिकैबाट बललाई जाली चुमाएका हुन् ।

खेलको नियमित समय सकिनु २ मिनेटअघि लिभरपुलका फरवार्ड रोवर्टो फिर्मिन्होले नेइमारको क्रसमा गोल गरे । ८६औं मिनेटमा फिलिप काउटिन्होलाई प्रतिस्थापन गरेका फिर्मिन्होले मैदान छिरेको दुई मिनेटमै गोल गरेका हुन् ।

यसअघि पहिलो हाफमा भने मेक्सिकोले ब्राजिललाई गोल गर्न रोकेको थियो । मेक्सिकोका जाभियर हर्नाण्डेज, लुजानो लगायतले केही अवसर पाए पनि गोल गर्न सकेनन् ।

ब्राजिलले अहिलेसम्म मध्य तथा उत्तर अमेरिकी टोलीसँग विश्वकपमा हार्नुपरेको छैन । जुन उसले यस खेलमा पनि निरन्तरता दियो । ब्राजिल लगातार सातौं पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो ।

यसअघि सन् १९९० को विश्वकपमा अन्तिम १६ बाट बाहिरिएको ब्राजिल त्यसयताका हरेक प्रतियोगितामा कम्तीमा क्वार्टरफाइनलमा पुगेको छ भने सन् १९९४ र २००२ मा च्याम्पियन नै बनेको छ ।

छैटौं पटक विश्व च्याम्पियन बन्ने अभियानमा रहेको ब्राजिलले सेमिफाइनल प्रवेशका लागि बेल्जियमसंग भिड्ने छ ।

बुधवार राति भएको खेलमा बेल्जियमले जापानसंग ३-२ को संघर्षपूर्ण जित निकालेको थियो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ