अमेरिकी सिमानामा २८८ नेपाली पक्राउ

2018-07-02

एजेन्सी - सिमाक्षेत्रबाट अमेरिका छिर्न खोज्ने क्रममा अमेरिकी (कस्टम एण्ड बोर्डर प्रोटेक्सन)ले आर्थिक बर्ष २०१८ सुरु भएयता २८८ जना नेपालीहरुलाई पक्राउ गरेको छ । जसमध्ये सबैभन्दा धेरै गत मार्चमा पक्राउ परेका अमेरिकी सरकारको तथ्यांकले देखाएको छ ।

आर्थिक बर्ष २०१८ को पहिलो महिना गत अक्टोबरमा सीबीपीले ३२ जना नेपालीहरुलाई पक्राउ गरेको थियो भने नोभेम्बरमा ३३ जना नेपालीहरुलाई पक्राउ गरेको थियो । त्यस्तै डिसेम्बरमा सीबीपीले पक्राउ गरेका नेपालीहरुको संख्या १३ मात्र रहेको थियो ।

गत जनवरीमा सीबीपीले ३४ जना नेपालीहरुलाई पक्राउ गरेकोमा फरबरीमा यो संख्या ह्वात्तै बढेको थियो । फरबरीमा सीबपीपीले ६४ जना नेपालीहरुलाई पक्राउ गरेको थियो । मार्चमा भने सीबीपीले ८५ जना नेपालीहरुलाई पक्राउ गरेको थियो । त्यस्तै अप्रिलमा सीबीपीले २७ जना नेपालीहरुलाई पक्राउ गरेको थियो ।

गतआर्थिकबर्ष २०१७ को अगस्त सेप्टेम्बर बाहेक अन्य १० महिनामा सीबीपीले ४९६ जना नेपालीहरुलाई पक्राउ गरेको थियो । त्यस्तै आर्थिक बर्ष २०१६ मा सीबीपीले ५५१ जना नेपालीहरुलाई पक्राउ गरेको थियो । आर्थिक बर्ष २०१५ मा ४०९ जना नेपालीहरु सीबीपीको फन्दामा परेका थिए । -एजेन्सी




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ