विश्वकपमा आज ब्राजिल र मेक्सिको भिडन्त, कसले मार्ला बाजी ?

2018-07-02

मस्को - रसियामा जारी विश्वकप फुटबल अन्तर्गत आज हुने पहिलो खेलमा पाँच पटकको विजेता ब्राजिल र मेक्सिको भिड्ने छन् । ब्राजिल र मेक्सिकोबीचको खेल सामरा एरिना रंगशालामा साँझ पौने ८ बजे सुरु हुनेछ ।

समूह ई मा रहेको ब्राजिल समूह विजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा पुगेको हो । पहिलो खेलमा स्ट्जिरल्याण्डसँग १–१ गोलको बराबरीमा रोकिएको ब्राजिलले दोस्रो खेलमा कोष्टा रिकालाई २(० ले तथा अन्तिम खेलमा सर्वियालाई २(० ले हराएको थियो ।

धेरैको चाँसो रहेको कुरा केछ भने आज ब्राजिल जित्ला कि नजित्ला रु यो प्रश्न धेरैलाई किन उब्जिएको हो भने यसअघि विजेताका दाबेदार मानिएका टिम घर फर्कि सकेका छन् । जर्मनी, अर्जेन्टिना, पोर्चुगल तथा स्पेन अन्तिम आठमा नपुगेका अवस्थामा आज ब्राजिलको प्रदर्शन कस्तो रहला रु यो प्रश्न उत्सुकताकासाथ हेरिएको छ ।

यो पटक ब्राजिलका स्टार नेइमारले पनि खासै राम्रो पदर्शन गर्न सकेका छैनन् । यदि आज पनि नेइमारको प्रर्दशन कमजोर रह्यो भने ब्राजिल पनि छिट्टै घर नर्फेला भन्न सकिन्न ।मेक्सिको समूह एफ को उपविजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा पुगेको हो । समूहका खेलमा जर्मनी र दक्षिण कोरियालाई हराएको मेक्सिको स्वीडेनसँग भने पराजित भएको थियो । (एजेन्सी




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ