बारामा ६८ करोडबराबरको आँप उत्पादन

2018-07-01

कलैया - यस वर्ष बारामा आँप उत्पादनमा वृद्धि भई रु ६८ करोड २५ लाखबराबरको रु १३ हजार ६५० मेट्रिक टन आँप उत्पादन भएको छ ।

जिल्ला कृषि कार्यालयका अनुसार जिल्लामा रहेको एक हजार २५० हेक्टर जमिनमा प्रतिहेक्टर १० दशमलव ९२ मेट्रिक टन आँप उत्पादन भएको वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले बताए ।

उत्पादनभएका आँपमध्ये बम्बै रु ७५, माल्दा रु ७०, दशहरी रु ५० कृष्णाभोग रु ४० र अन्य आँप रु ३० देखि ३५ सम्ममा कलैया बजारमा बिक्री हुँदै आएको छ ।

गत वर्ष २०७३/७४ मा कुल एक हजार २२५ हेक्टर क्षेत्रफलमा जमिनमा रु ८४ करोड तीन लाख ५० हजारबराबरको एक हजार २०५ मेट्रिक टन आँप उत्पादन भएको थियो ।

वडाध्यक्षद्वारा नगरपरिषद् बहिष्कार

कलैया उपमहानगरपालिकाको दोस्रो नगरसभाको तेस्रो दिन आज अधिकांश वडाध्यक्षले सभा बहिष्कार गरेका छन् । नगरप्रमुख राजेशराय यादवले सभालाई व्यवस्थित नगरेको आरोपमा ती वडाध्यक्षले सभा बहिष्कार गरेको उपमहानगरपालिकाका प्रवक्ता विक्रम यादवले पत्रकार सम्मेलनमा जानकारी दिए ।

आर्थिक वर्ष २०७४/७६ सालको रु ९१ करोड ९२ लाखको बजेटको हिसाब किताब दिन नमानेपछि आफूहरुले नगर परिषद् बहिष्कार गरेको वडा नं ४ का वडाध्यक्ष जटाशंकर सहजनीले बताए।

नगरस्तरीय बजेट रु ११ करोड २२ लाखमा नगरप्रमुख यादवले नेपाली काँग्रेसका कार्यकर्तालाई पाल्ने काम गरेको आरोप वडा नं ३ का वडाध्यक्ष ज्लाउदिन मन्सुरले लगाए ।
पोषण भत्ता, नगरपालिकाको गाडी दुरुपयोग, तेलमा मनोमानीपूर्ण वितरण गरेको उनको भनाइ थियोे ।

यस विषयमा नगरप्रमुख यादवसँग प्रतिक्रिया लिँदा उनले विरोध गर्ने अधिकार सभामा उपयोग गर्नुपर्नेमा केही वडाध्यक्षले बिना कारण सभा छोडेर हिँडेको बताए ।

मधेशीको अधिकार कसैले रोक्न नसक्ने– पूर्वाधार मन्त्री सोनल

प्रदेश नं २का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले मधेशीको अधिकार कसैले रोकेर रोक्न नसक्ने बताएका छन्।

आज आयोजित राष्ट्रिय जनता पार्टीको क्षेत्रीय सम्मान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले मधेशको अधिकारका लागि जस्तोसुकै मूल्य चुकाउन पछि नपर्ने जानकारी दिए ।

कार्यक्रममा निर्वाचन क्षेत्र नं ४ का सांसद एकवाल मिया, जिल्ला समन्वय समिति बाराका प्रमुख नवलकिशोर सिंह, उपप्रमुख पवनकुमार ब्याहुत, प्रसौनी गाउँपालिका अध्यक्ष भोलाप्रसाद गुप्ता, परवानीपुर गाउँपालिका अध्यक्ष हरिनारायण साह, शिक्षा सेवा आयोगका पूर्व सदस्य योगेन्द्र राउत कुर्मी, देवताल गापा अध्यक्ष चन्दन सिंह, महिला नेत्री पिन्की यादव, नेताहरु जयप्रकाश साह, महेन्द्र राउतलगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ