विश्वकपमा आइतवारका दुई खेल, को बिरुद्ध को खेल्दैछ ?

2018-07-01


मस्को - रसियामा जारी विश्वकप फुटबल अन्तर्गत आज (आइतबार) पनि नकआउट चरणका दुई महत्वपूर्ण खेल हुँदैछन् । क्वाटरफाइनल प्रवेशका लागि आयोजक रुसले स्पेन तथा क्रोएसियाले डेनमार्कसँग प्रतिस्पर्धा गर्दैछन् ।

आइतबारको पहिलो खेलमा बेलुका पौने ८ बजे मस्कोमा आयोजक रुस र स्पेनबिचको खेल हुनेछ । स्पेन समूह बी को विजेता तथा रुस समूह ए को उपविजेताको रुपमा अन्तिम १६ मा आएका हुन् । पहिलो खेलमा साउदी अरेबियालाई ५-० तथा दोस्रो खेलमा इजिप्टलाई ३-१ ले हराएको रुस तेस्रो खेलमा उरुग्वेसँग ३-० ले पराजित भएको थियो ।

यस्तै पहिलो खेलमा पोर्चुगलसँग ३-३ को बराबरी गरेको स्पेनले दोस्रो खेलमा इरानलाई १-० ले हरायो । उसले तेस्रो खेलमा मोरक्कोसँग २-२ को बराबरी गरेको थियो । प्रतियोगिता सुरु हुनुअघिसम्म कमजोर मानिएको रुसले घरेलु मैदानको आत्मबल लिएको जस्तो देखिएको छ ।

यसले गर्दा आइबारको खेल स्पेनका लागि सजिलो नहुने देखिन्छ । यस्तै आइतबार हुने अर्को खेलमा राति पौने १२ बजे क्रोएसिया र डेनमार्कले निज्हनी नोभ्गोरोडमा हुनेछ । क्रोएसिया समूह डी को विजेता तथा डेनमार्क समूह सी को उपविजेताको रुपमा अन्तिम १६ मा आएका हुन् ।

पहिलो खेलमा पेरुलाई १-० ले हराएको डेनमार्कले दोस्रो खेलमा अस्ट्रेलियासँग १-१ को बराबरी खेलेको थियो । यस्तै उसले तेस्रो खेलमा फ्रान्ससँग गोल रहित बराबरी खेलेको थियो । क्रोएसियाले भने पहिलो खेलमा नाइजेरियालाई २-० तथा दोस्रो खेलमा अर्जेन्टिनलाई ३-० ले हराएको थियो । उसले तेस्रो खेलमा आइसल्याण्डमाथि २-१ को जित निकालेको थियो । यसअघि शनिबार राति भएका खेलमा जित निकाल्दै उरुग्वे र फ्रान्सले अन्तिम ८ मा स्थान बनाएका छन् । -एजेन्सी




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ