2018-07-01 |
मस्को - जारी विश्वकप फुटबलबाट बाहिरिएसँगै अर्जेन्टिनाका मिडफिल्डर जाभिएर मास्चरानोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् । उनले अबदेखि आफू अर्जेन्टिनाको फ्यान मात्रै रहने बताएका छन् ।
३४ वर्षे मास्चरोनोले राष्ट्रिय टिमबाट १४५ औं पटक फ्रान्सविरुद्ध खेले । सो खेलमा ४-३ गोल अन्तरले पराजित हुँदै अर्जेन्टिना प्रिक्वाटर फाइनलबाटै बाहिरियो ।
बीबीसीकाअनुसार शनिबारको खेलपछि मास्चेरोनाले डिपोर्ट टिभीसँग भनेका छन्, ‘व्यक्तिगत रुपमा मेरा लागि अब सबै पूरा भयो । अबदेखि म मात्रै थप भएको अर्जेन्टिनाको फ्यान हुँ ।’ २००३ मा सिनियर करिअर सुरु गरेका मास्चेरानोले लगातार चौथो पटक विश्वकप खेलेका थिए । उनी हाल चिनियाँ क्लबमा अनुवन्ध छन् । -एजेन्सी
चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...
निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...
मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...