गोलरहित बराबरी खेल्दै फ्रान्स र डेनमार्क नकआउट चरणमा प्रवेश, अष्ट्रेलिया र पेरु घर फर्किए

2018-06-27

काठमाडौं - मंगलबार राति भएको विश्वकप फुटबलको खेलमा फ्रान्स र डेनमार्कले गोलरहित बराबरी खेल्दै अंक बाँडेपछि दुबै टिम नकआउट चरणमा प्रवेश गरेका छन् ।

समूह विजेता फ्रान्सले दुई खेलमा जित र एउटामा बराबरी गर्दै ७ अंक जोड्यो भने डेनमार्कले एक खेलमा जित र दुई खेलमा बराबरी खेल्दै ५ अंक जोड्यो । समूह सी बाट फ्रान्स समूह विजेता र डेनमार्क उपविजेता हुँदै अन्तिम १६ मा पुगेका हुन् ।

यसै समूहमा रहेका अष्ट्रेलिया र पेरु भने पहिलो चरणबाटै बाहिरिएका छन् । मंगलबार भएको अन्तिम खेलमा पेरुले अष्ट्रेलियालाई २-० ले हराए पनि अघिल्ला २ खेल हारेकाले आफूलाई दोस्रो चरणमा पुर्‍याउन सकेन ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ