ओली ‘नयाँ राजाको अवतार’ : कांग्रेस नेता रिजाल

2018-06-26

काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई डा. मिनेन्द्र रिजालले ‘नयाँ राजा’ को संज्ञा दिएको छ ।

कांग्रेस नेता डा. रिजालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिभिन्न निकायहरुको व्यवस्था गरेर प्रधानमन्त्री ‘नयाँ राजाको अवतार’ को रुपमा देखिएको दावी गरेका हुन् ।

उनले मन्त्रीहरुले कानून मिचेर जथाभावी गर्ने गरेको भन्दै नियन्त्रण गर्न पनि प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् ।

गृहमन्त्री रामबहादुर थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी र कानून मन्त्री शेरबहादुर तामाङले कानून मिचेर कर्मचारी र सर्वसाधारणलाई समेत आतंकित बनाएको भन्दै रिजालले मन्त्रीहरुलाई नियन्त्रणमा राख्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा खर्च कटौतीको प्रस्ताव पेश गर्दै नेता रिजालले गृहमन्त्री थापाले कानून मिचेर ठेकेदारहरुलाई कारबाही गर्ने गरेको भन्दै आपत्ति जनाए ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ