नाइजेरियामा किसान र फिरन्ते गोठालाबीचको हिंसामा ८६ को मृत्यु

2018-06-25

एजेन्सी - नाइजेरियाको प्लेटो राज्यमा किसान र फिरन्ते गोठालाहरूबीचको हिंसामा कम्तीमा ८६ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

बेरोम आदिवासी किसानहरूले फुलानी समुदायका गोठालाहरूमाथि आक्रमण गरेपछि बिहीवार हिंसा शुरू भएको केही विवरणमा जनाइएको छ ।

त्यसपछि शनिवार प्रत्याक्रमणमा थप मानिसहरूको ज्यान गएको हो ।

जमिनका लागि लड्दै आएका आदिवासी समूहहरूबीच सो क्षेत्रमा हिंसाको लामो इतिहास रहिआएको छ ।

घटनापछि प्लेटो राज्यका तीनवटा क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

घटनापछि गाउँहरूमा गरिएका खोजबिनका क्रममा ८६ जना मारिएको र ६ जना घाइते भएको पाइएको सो राज्यका प्रहरी प्रमुख युन्डी एडीले बताए ।

उनका अनुसार ५० वटा घरका साथै १५ वटा मोटरसाइकल र दुईवटा गाडी पनि जलाइएको छ ।

लागोसस्थित बीबीसीका एकजना संवाददाता भन्छन्, पुरानो द्वन्द्व क्रुरताको नयाँ तहमा पुगेको छ ।

जमिनमा पहुँच र जनावरको चरनको अधिकारलाई लिएर मध्य नाइजेरियामा किसान र फिरन्ते गोठालाहरूबीच भिडन्तहरू हुँदै आएका दृष्टान्त छन् ।

तर आक्रमण र प्रत्याक्रमणका घटना अहिले जातीय लडाइँमा परिणत हुन थालेका छन् ।

गत वर्ष त्यस्ता आक्रमण र प्रत्याक्रमणमा हजारौँ मानिसले ज्यान गुमाएका छन् ।

फिरन्ते गोठालाहरू फुलानी आदिवासी हुन् जसमध्ये अधिकांश मुस्लिम छन् भने किसानहरू मुख्यतया ईसाई हुन् । बीबीसी




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ