पोल्यान्डको आत्मघाती गोल संगै सेनेगल २-१ ले विजयी

2018-06-20

मस्को - विश्वकप फुटबलअन्तर्गत मंगलबार राति भएको खेलमा सेनेगलले विजयी सुरुवात गरेको छ। समूह ‘एच’ को खेलमा अफ्रिकी टोली सेनेगलले युरोपेली टोली पोल्यान्डलाई २–१ गोलले स्तब्ध बनाएको हो।

मस्को स्पार्कटक स्टेडियमममा पहिलो हाफको ३७ औं मिनेटमा पोल्यान्डका थिएगो सियोनेकले आत्मघाती गोल गरेपछि सेनेगलले अग्रता बनाएको थियो। काउन्टर अट्याकमा इद्रिसा गुइले प्रहार गरेको बल क्लियर गर्ने क्रममा थिएगोले आफ्नै पोस्टको जाली चुमाएका थिए।

पहिलो हाफ १–० गोलले अगाडि रहेको सेनेगलले दोस्रो हाफको ६०औं मिनेटमा अग्रता दोब्बर बनायो। सेनेगलका एमबाये नियाङले गोल गर्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याएका थिए।

दोस्रो गोल गरेपछि रक्षात्मक खेलेको सेनेगलको रक्षापंक्तिलाई पोल्यान्डका खेलाडीले भत्काउन सकेनन्। पोल्यान्डले आफ्ना स्टार खेलाडी रोबर्ट लेवान्डोवस्कीलाई सुरुवातदेखि नै मैदानमा उतारे पनि सेनेगलका रक्षकले नियन्त्रणमा राखेका थिए। जर्मन क्लब बायर्न म्युनिखका मुख्य खेलाडी समेत रहेका लेवान्डोवस्कीलाई नियन्त्रणमा राख्दा पोल्यान्डपछि परेको थियो।

खेलको ८५ औं मिनेटमा पोल्यान्डले फ्रिकिक पायो। पियोटर जिलिन्स्कीले प्रहार गरेको फ्रिकिकमा ग्रिजेगोर्ज क्रिचोविकले उत्कृष्ट गोल गरेका थिए। त्यसपछि पनि लगातार आक्रमण बुनेको पोल्यान्डले थप गोल गर्न नसक्दा पराजित भएको हो।

रुस विश्वकप अफ्रिकी टोली सेनेगलको दोस्रो सहभागिता हो। यसअघि सन् २००२ मा पहिलोपटक विश्वकपमा सहभागिता जनाउँदा नै पहिलो खेलमा साविक विजेता फ्रान्सलाई पराजित गरेर सनसनी मच्चाएको सेनेगल त्यसबेला क्वार्टरफाइनलसम्म पुगेको थियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ