राप्रपामा कार्यदिशाको अन्योलता, नेताहरु विभाजित

2018-06-18

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) मा गणतन्त्र वा राजतन्त्रमध्ये कुन मुद्दा उठाउने भन्ने बहस सुरु भएको छ । दुवै राप्रपाका अधिकांश नेता पार्टीको कार्यदिशा संवैधानिक राजतन्त्र राखेर जानुपर्ने पक्षमा छन् । तर, केही नेता भने पार्टीको मुख्य कार्यदिशा गणतन्त्र बनाउनुपर्ने पक्षमा लबिङमा लागेका छन् ।

राप्रपा (प्रजातान्त्रिक)को हालै बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री सुनील थापासहितका केही केन्द्रीय सदस्यले बदलिँदो परिस्थितिमा पार्टीको कार्यदिशा परिवर्तन गरी गणतन्त्र बनाउनुपर्ने प्रस्ताव गरेका थिए । गणतन्त्रको कार्यदिशा तय गर्नुपर्ने धारणा राख्नेमा प्रवक्ता किरण गिरी, केन्द्रीय सदस्यहरू त्रिलोचन महतो, ताहिर अली, सुरेन्द्र केसी, बाबुराम बस्नेत, विष्णुविक्रम थापा, धर्मराज जोशी, चन्द्रभुण्डी गुरुङ, चतुरमान विश्वकर्मा, मीना स्वर्णकार, नानीमैया आचार्यलगायत २२ जना थिए । तर, बैठकले उनीहरूको प्रस्तावलाई अस्वीकार गरी पार्टीको लाइन राजसंस्था र हिन्दू धर्म नै हुने निर्णय ग-यो ।

पार्टीको लाइन गणतन्त्र बनाउनुपर्ने महामन्त्री थापा पार्टी एकीकरणका लागि वार्ता गर्न बनाएको समितिमा सदस्य रहेकाले त्यो एजेन्डा वार्ता समितिमा उठ्ने सम्भावना छ । केन्द्रीय समिति बैठकमा पार्टीको लाइन गणतन्त्र राख्ने धारणा राखेका केन्द्रीय सदस्य किरण गिरीले परिवर्तनलाई आत्मसात् गरेर अघि बढ्न आफूहरूले पार्टीभित्र त्यो प्रयास गरेको बताए । ‘पार्टी एकताको प्रक्रिया सुरु भएपछि परिवर्तनका एजेन्डालाई ओझेल पारेर जाने संकेत देखियो, त्यसपछि अब हामी पनि परिवर्तनलाई आत्मसात् गरेर अघि बढ्नुको विकल्प नदेखेर यो विषय केन्द्रीय समिति बैठकमा उठाएका हौँ,’ गिरीले नयाँ पत्रिकासँग भने ।

तत्कालीन राप्रपा र राप्रपा नेपालबीच एकीकरणपछि ०७४ फागुनमा भएको एकता महाधिवेशनले पास गरेको विधानले गणतन्त्रलाई पूर्णतया अस्वीकार गरेको छ । अहिले राप्रपा प्रजातान्त्रिकमा गएकाहरूले पनि त्यही विधानलाई स्विकारेर निर्वाचित केन्द्रीय सदस्य बन्दै पदाधिकारीमा अध्यक्षबाट मनोनीत भएकाले आफूलाई गणतन्त्रवादी भन्न नसुहाउने तर्क गर्छन्, राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठ ।

‘२०७४ फागुन ६ मा पार्टीको एकता महाधिवेशनले गणतन्त्रको लाइनलाई पूर्णतया अस्वीकार गरेको छ,’ श्रेष्ठले भने, ‘त्यही महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित र पछि अध्यक्षबाट पदाधिकारीमा मनोनीतहरूले अहिले गणतन्त्रवादी भन्न सुहाउँदैन ।’ गणतन्त्रवादी राप्रपा बन्न सक्ने, तर राप्रपाको सदस्यता लिएपछि गणतन्त्रवादी हुन नसक्ने उनको भनाइ छ ।

त्यही महाधिवेशनपछि ३० चैतमा पार्टी फुटाएर एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरेका डा. प्रकाशचन्द्र लोहनी र २२ साउनमा केन्द्रीय समिति र संसद्मा ४० प्रतिशत पु-याएर पशुपतिशमशेर राणाको नेतृत्वमा राप्रपा प्रजातान्त्रिक गठन गरेकाहरूले पनि पार्टी विधानमा पार्टीको लाइन संवैधानिक राजतन्त्र र हिन्दू धर्म हुने स्पष्ट रूपमा उल्लेख गरेका छन् । तीनवटै पार्टीले प्रदेश सभा, प्रतिनिधिसभा र स्थानीय तह निर्वाचनका लागि बनाएको घोषणापत्रमा पनि पार्टीको लाइन संवैधानिक राजसंस्था र हिन्दू धर्म नै रहेको छ ।

वार्ता समितिको बैठक मंगलबार
राप्रपा र राप्रपा (प्रजातान्त्रिक)बीच पार्टी एकीकरणका लागि छलफल गर्न बनेको वार्ता समितिको बैठक मंगलबार बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकले पार्टी एकताका लागि मार्गचित्र तय गर्ने राप्रपा प्रजातान्त्रिकका प्रवक्ता गिरीले जानकारी दिए । बैठक बस्ने स्थान भने तय भइनसकेको उनको भनाइ छ ।

 

अन्नपुर्ण




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ