भन्सार बढेपछि चिनी आयात ठप्प

2018-06-17

विरगंज - सरकारले भिनीमा भन्सार बढाएपछि अन्य मुलुकबाट चिनी आयात हुन बन्द भएको छ। अन्तर्राष्ट्रिय बजारमा चिनीको उत्पादन बढेपछि मूल्य घटेको मौका छोप्दै व्यवसायीले ठूलो मात्रामा चिनी आयात गर्दै आएका थिए। अधिकांश व्यवसायीले पाकिस्तानबाट चिनी आयात गरेका थिए। सरकारले चिनीको भन्सार दोब्बर बनाएर ३० प्रतिशत पुर्याएपछि व्यवसायीले आयात रोकेका हुन्। वीरगंज भन्सारका अनुसार बजेट भाषणबाट राजस्व बढाएपछि चिनी आयात ठप्प छ ।

उखु पेल्ने सिजन शुरु भएसँगै पुस र माघदेखि नै नेपालमा विदेशबाट चिनी आयातशुरु गरिएको थियो ।व्यवसायीले पाकिस्तानबाट प्रति टन ३४०–३६० अमेरिकी डलरको दरमा चिनी आयात गरेका थिए। यस वर्ष पुस देखि जेठ १५ अगाडि करिब २ लाख टन चिनी भित्रिएको अनुमान छ। भन्सार बढेपछि चिनी आयात उल्टै घाटा बढेपछि आयात ठप्प भएको हो ।

नेपालमा अढाई लाख टन चिनी बर्षेनी चिनी खपत हुनेमा पाँच महिनामाकरिब २ लाख टन चिनी नेपाल भित्रिएको छ । नेपालमा करिब एक दर्जन ठुला चिनी उद्योग सञ्चालनमा छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ