स्पेन र पोर्चुगलको खेल ३–३ को बराबरीमा टुंगियो

2018-06-16

काठमाडौ - रसियामा जारी विश्वकप फुटबलमा स्पेन र पोर्चुगलबीचको रोचक र प्रतिश्पर्धात्मक खेल बराबरीमा टुंगिएको छ । पोर्चुगल र स्पेनबीचको खेल ३–३ गोलको बराबरीमा टुंगियो । पोर्चुगलका लागि क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरे । यो उनले आफ्नो मुलुकका लागि गरेको छैठौँ ह्याट्रिक हो । स्पेनका डिएगो कोष्टाले २ तथा नाचोले १ गोल गरे । खेलको तेस्रो मिनेटमै पेनाल्टीमार्फत गोल गर्दै पोर्चुगलले अग्रता लिएको थियो। रोनाल्डोलाई स्पेनका न्याचोले डि–एरियाभित्र लडाएपछि पेनाल्टी पाएका हुन्। दुवै रियल म्याड्रिडमा सँगै खेल्छन्।

खेलको २४ औं मिनेटमा गोल गर्दै डिएगो कोष्टाले बराबरी गोल फर्काए। पहिलो हाफको अन्त्यतिर रोनाल्डोले गोल गर्दै पुनः खेलमा अग्रता लिए। उनले पहिलो हाफको ४४ औं मिनेटमा उतकृष्ट गोल गरेका हुन्। स्पेनका डि जियाको गल्तीमा रोनाल्डो दोस्रो गोल गर्ने अवसर पाएका थिए।

पहिलो हाफमा २–१ ले पछि परेको स्पेनले दोस्रो हाफमा थप दुई गोल गर्‍यो। खेलको ५५ औं मिनेटमा कोष्टाले व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसको तीन मिनेट पछि नाचोले गोल गर्दै खेलमा स्पेनले अग्रता लियो।

खेलको ८८ औं मिनेटमा फ्रिकिक मार्फत आकर्षक गोल गर्दै रोनाल्डोले यो विश्वकपमा पहिलो ह्याट्रिक गरे।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ