वायुसेवा निगमले माग्यो पाँच अर्ब

आफ्नो खुटामा कहिल्यै उभिन सकेन

2018-06-14

काठमाडौं - राष्ट्रिय ध्वाजवाहक नेपाल वायुसेवा निगमले पुँजी विस्तारका लागि सरकारसँग पाँच अर्ब रुपैयाँ माग गरेको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार पुँजी विस्तारका लागि सरकारसँग पाँच अर्ब रुपैयाँ माग गरिएको नेवानिका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए।

यसअघि पुँजी विस्तारका लागि २० अर्ब रुपैयाँ माग्ने सहमति भएको थियो। सञ्चालक समितिको सहमतिअनुसार अघिल्लो सरकारका पालामा २० अर्ब रुपैयाँ माग गरिएको थियो। तर, रकम केही हेरफेर गर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले निगमलाई सुझाएकोे थियो।

मन्त्रालयको सुझावअनुसार फेरि निगमले पाँच अर्ब रुपैयाँ माग्ने निर्णय गरी मन्त्रालयमा पत्र पठाइएको कंसाकारले अन्नपूर्णसँग बताए। नेवानिको पुँजी अहिले ३७ करोड रुपैयाँ मात्रै छ। तर, चीनले अनुदानमा उपलब्ध गराएको एउटा एमए ६० र वाई १२ जहाजको रकमलाई समेत पुँजी विस्तारमा जोड्दा नेवानिको पुँजी तीन अर्ब १० करोड रुपैयाँभन्दा बढी हुन्छ। सरकारले चीनले अनुदानमा दिएको एउटा एमए ६० लागत दुई अर्ब १३ करोड र एउटा वाई १२ जहाजको लागत ५८ करोड रुपैयाँ पनि पुँजी विस्तार गर्न नेवानिलाई सुझाएको छ।

‘नेवानिले पुँजी विस्तारका लागि रकम माग गर्दै पठाएको पत्र प्राप्त भएको छ’, मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्याले भने, ‘रकम माग भएको विषयमा मन्त्रालयमा छलफल सुरु भएको छ।’ नेवानिको पुँजी विस्तार गर्न आवश्यक छ। मन्त्रालय पनि रकम दिनुपर्छ भने विषयमा सकरात्मक छ।

तर, रकम दिन सकिने वा नसकिने विषयमा अर्थसँग राय लिनुपर्ने उपाध्याय बताउँछन्। मन्त्रालयले केही दिनपछि नेवानिले रकम माग गरेको पत्र अर्थ मन्त्रालयमा पठाउने उनको भनाइ छ। ‘नेवानि बजार विस्तार आक्रमक रूपमा गर्ने योजनासहित अगाडि बढेको छ’, कंसाकारले भने, ‘पुँजी अतिनै न्यून भएका कारण संस्थाको ऋण ब्याज भुक्तानीमा समेत असहजता भइसकेको छ।’

नेवानिको पुँजी अहिले ३७ करोड रुपैयाँ मात्रै छ।

एउटा जहाज खरिदमा आवश्यक रकम पनि नेवानिको कुल पुँजी छैन। यस्तो अवस्थामा नेवानिले आवश्यक मात्रामा जहाज थप्दै सेवा विस्तार गर्न नसक्ने उनको भनाइ छ।

नेवानिको ऋण साढे ३६ अर्ब

नेपाल वायु सेवा निगमको ऋण मात्रै ३६ अर्ब ६१ करोड रुपैयाँभन्दा बढी छ। नेवानिले अहिले आम्दानी गरेको रकम ऋणको ब्याज तिर्नमा खर्च भइरहेको छ। त्यसमा पनि जहाज चलाएर नेवानिले फाइदा गर्न नसकेको छैन। नेवानिको खर्च व्यवस्थापनमा प्रमुख स्रोत ग्राउन्ड ह्यान्डलिङ मात्रै हो। यस्तो अवस्थामा नेवानिको पुँजी विस्तार नहुने हो भने नयाँ जहाज खरिददेखि ऋण चुक्ता गर्ने समेत मुस्किल हुने महाप्रबन्धक कंसाकार बताउँछन्। नेवानिले फेरि आन्तरिक उडानका लागि ६ वटा टिव्नअटर जहाज खरिद गर्ने तयारी थालिसकेको छ। दुईवटा एयर बस खरिद गर्ने निर्णय सञ्चालक समितिले स्वीकृत गरिसकेको छ। यस्तो अवस्थामा नेवानिको अहिलेको अवस्थमा पुँजीले सम्भावन नहुने कंसाकारको भनाइ छ।

नेवानिले एयरबस खरिद गर्न आर्थिक वर्ष २०७१/०७२ बाट किस्ताबन्दीमा रकम तिर्ने गरी सञ्चयकोषसँग लिएको १० अर्ब ऋण छ। यो ऋणको ब्याजदर अहिले १०.५ प्रतिशत छ। यसैगरी चिनियाँ जहाज खरिदमा अबको ६ वर्षपछिबाट १.७५ प्रतिशत ब्याजदरमा रकम तिर्ने गरी लिएको दुई अर्ब १२ करोड रुपैयाँ पनि नेवानिको ऋण छ।

यसैगरी बाइडबडी जहाज खरिदका लागि पछिल्लो समय सञ्चय कोष र नागरिक लगानी कोषसँग १२÷१२ अर्ब रुपैयाँका दरले २४ अर्ब रुपैयाँ पनि नेवानिको ऋण छ। वाइडबडी जहाज खरिदका लागि सञ्चय कोषको ब्याज ९.५ प्रतिशत र नागरिक लगानी कोषको ९ प्रतिशत ब्याज तोकिएको छ। यसबाहेक पनि नेवानिले नेपाल सरकारलाई ५८ करोड रुपैयाँ ऋण तिर्न बाँकी छ। बाइडबडी खरिदा लागि भएको ऋण स्म्झौताअनुसार नेवानिले अहिले आठ अर्ब रुपैयाँ मात्रै रकम लिएको छ।

सरकारको पूर्ण स्वामित्वमा रहेको नेवानिको ऋण धेरै भए पनि सरकारले वेवास्ता गरेको कंसाकार बताउँछन्। यही अवस्थामा पुँजी विस्तार नगरी नेवानिलाई उकास्न नसकिने उनको भनाइ छ।

 


अन्नपुर्ण




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ