नेकपाले एसिया महादेशीय मार्क्सवादी प्रशिक्षण सञ्चालन गर्ने

2018-06-13

काठमाडौं - नेकपाले नेपालमा एसिया महादेशीय कम्युनिस्ट प्रशिक्षण (स्कुल) चलाउने भएको छ । नेकपाले मदन भण्डारी एसियन स्कुल अफ मार्क्सिजम नाममा स्कुल सञ्चालन गर्ने भएको हो ।

साम्राज्यवादविरोधी मार्क्सवादी कम्युनिस्ट पार्टीहरूले हरेक महादेशमा यस्तो स्कुल चलाउँदै आएका छन् । युरोपमा स्पेन, अफ्रिकामा टियुनिसिया र जाम्बियामा यस्तो स्कुल सञ्चालन हुँदै आएको छ । एसियामा भने नेपालले सञ्चालन तयारी थालेको हो ।

नेकपाका वरिष्ठ नेता माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत नेपाली टोलीको ब्राजिल भ्रमणका क्रममा त्यस्तो निर्णय भएको भ्रमण दलमै रहेका नेकपा केन्द्रीय सदस्य बलराम बास्कोटाले बताए ।

ब्राजिल भ्रमणमा रहेका नेताहरूले त्यहाँ एमएसटीले सन् २००६ बाट सञ्चालन गदै आएको स्कुलबारे पनि अध्ययन गरेर फर्किएका थिए ।

ब्राजिलको उक्त स्कुलमा ल्याटिन अमेरिकी मुलुकसहित विश्वका विभिन्न देशका वामपन्थी पार्टीका ४२ हजार नेता–कार्यकर्ता सहभागी भइसकेका छन् ।

‘हामीले पनि एसियामा महादेशीयस्तरको स्कुल सञ्चालन गर्न लागेका छौं,’ बास्कोटाले भने, ‘ब्राजिल भ्रमणका क्रममा हामीले त्यहाँको स्कुलको स्थलगत अवलोकन र अध्ययन समेत गरेर फर्केका छौं ।’

एसियामा चीन, भियतनामका कम्युनिस्ट पार्टी शक्तिशाली भए पनि यस्तो स्कुल सञ्चालनमा नेकपाले चासो देखाएको हो । भारत, श्रीलंका र बंगलादेशका कम्युनिस्ट पार्टीहरूले स्कुल सञ्चालनमा चासो देखाएका थिए । तर, चार महिनाअघि ती देशहरूले नेपाललाई सञ्चालन सहमति दिएका थिए ।नेपालले आगामी भदौं ११ देखि ३१ सम्म (अगस्ट २७ देखि सेप्टेम्बर १६ सम्म) तीन साता त्यस्तो स्कुल सञ्चालन गर्दैछ ।‘हामीले तीन साताको प्रयोगात्मक आवसीय स्कुुल सञ्चालनको कार्यतालिका नै बनाइसकेका छौं’, बास्कोटाले भने, ‘भक्तपुर खरिपाटीमा रहेको विद्युत् प्राधिकरणको भवनमा हामी त्यस्तो स्कुल चलाउँछौं ।’

स्कुल सञ्चालनको सम्पूर्ण तयारी नेकपाको अन्तराष्ट्रिय विभागले गर्नेछ । अहिले पनि नेकपाका प्रतिनिधिका रूपमा कृष्ण बजगाईं, गोकर्ण ज्ञवाली, ममता चौधरीलगायत ५ जना ब्राजिलमा अध्ययन गरिरहेका छन् । दुई महिने स्कुलका लागि उनीहरू दुई साताअघि मात्रै ब्राजिल पुगेका थिए ।

अन्तर्राष्ट्रिय सम्मेलनमा मदन भण्डारीको तस्बिर

तत्कालीन एमाले महमासचिव मदन भण्डारीको तस्बिर कम्युनिस्ट पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा राखिने भएको छ । आउँदो फागुन दोस्रो साता हुन लागेको विश्वका कम्युनिस्ट पार्टीहरूको अन्तराष्ट्रिय सम्मेलनमा भण्डारीको तस्बिर पहिलोपटक अन्तर्राष्ट्रिय मञ्चमा राख्न लागिएको बास्कोटाले बताए ।

विश्वभरिका मार्क्सवादी कम्युनिस्ट पार्टीहरूको भेनुजुएलामा अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ । उक्त सम्मेलनमा विश्वका २० जना दिवंगत कम्युनिस्ट पार्टीका नेताको तस्बिर राखिने निर्णय भएको बास्कोटाले जनाए ।

‘भेनुजुएलामा फागुनमा हुने सम्मेलनमा मदन भण्डारीको पनि फोटो राखिने भएको छ,’ स्वदेश फर्केलगत्तै बास्कोटाले अन्नपूर्णसँग भने, ‘कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वका २० कम्युनिस्ट पार्टीका दिवंगत नेताका तस्बिर सम्मेलनमा हुनेछन्, त्यसमा नेपालबाट मदन भण्डारीको हुनेछ ।’नेकपाले भण्डारीले प्रस्तुत गरेको राजनीतिक कार्यक्रम ‘जनताको बहुदलीय जनवाद’लाई महाधिवशेनसम्म बहसमा लैजाने निर्णय लिएको बेला भण्डारीको तस्बिर अन्तर्राष्ट्रिय मञ्चमा राख्न लागिएको हो ।

ब्राजिलको वामपन्थी पार्टी निकट ‘थिंक ट्यांक’ संस्था भूमिहीन श्रमिक आन्दोलन (एमएसटी)ले आयोजना गरेको कार्यक्रममा नेकपाका वरिष्ठ नेता माधव नेपालले ‘नेपालमा मार्क्सवादको सिर्जनात्मक प्रयोग र जनताको जनवाद’बारे प्रवचन दिएका थिए । कार्यक्रममा प्रवक्ता श्रेष्ठ र बास्कोटालगायत सहभागी थिए ।

 

अन्नपुर्ण




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ