प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपीएफले जित्यो

2018-06-12

काठमाडौ - एक्सेल्सिया कलेज प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफले जितेको छ। सोमबार भएको फाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै एपीएफले उपाधि जितेको हो। एपीएफले उपाधिसहित २० लाख रुपैयाँ प्राप्त गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले निर्धारित ५० ओभर खेलमा सबै विकेट गुमाउँदै दुई सय नौ रनको योगफल जोडेको थियो। जवाफमा एपीएफले ४१.२ ओभरमा चार विकेट गुमाउँदै उपाधि पक्का गरेको हो।

एपीएफलाई उपाधि दिलाउन ब्याट्सम्यानद्वय अनिल शाह र प्रदीप ऐरीले सशक्त प्रदर्शन गरे। यी दुवै खेलाडीले ६३÷६३ रनको योगदान दिए। अनिलले आफ्नो पालीमा तीन छक्का र चार चौका प्रहार गरे भने प्रदीपले दुई÷दुई छक्का र चौका प्रहार गरे। उनीहरूबाहेक पृथ्यु बाँस्कोटाले २४ बलमा ३२ रन जोडे। उनले आफ्नो पालीमा ६ चौका प्रहार गरेका थिए। आर्मीका लागि भने भीम सार्कीले ४५ रन जोड्नबाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन्।

बलिङतर्फ एपीएफका करण केसीले तीन तथा भुवन कार्की र वसन्त रेग्मीले दुई÷दुई विकेट लिएका थिए। आर्मीका लागि भने सोमपाल कामीले तीन विकेट लिएका थिए। आर्मीमा सागर पुन प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनिए। आर्मीका सुशन भारी प्रतियोगिताको उत्कृष्ट बलर तथा एपीएफका प्रदीप ऐरी उत्कृष्ट ब्याट्सम्यान चुनिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ