ट्रम्प-किम वार्ताका लागि १ करोड ५० लाख डलर खर्चिने सिंगापुरको घोषणा

2018-06-11

काठमाडौ - सिंगापुरका प्रधानमन्त्री ली सिएन लुङले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीच हुने शिखरवार्ताका लागि उनको देशले करिब १ करोड ५० लाख डलर खर्च गर्ने जनाएका छन्। सो रकमको झण्डै आधा हिस्सा सुरक्षा व्यवस्थामा खर्च हुने बताइएको छ। सिंगापुरको हितमा रहेको एउटा अन्तर्राष्ट्रिय प्रयासका लागि उक्त खर्च बेहोर्नु उचित भएको लीले बताएका छन्। साथै सो शिखरवार्तामार्फत् आफ्नो देशलाई राम्रै प्रचार मिल्ने पनि उनले बताएका छन्।

उत्तर कोरियाली नेता किमसँग भेट गर्नुपूर्व सिंगापुरका प्रधानमन्त्रीको त्यस्तो प्रतिक्रिया आएको हो। उत्तर कोरियाली नेता किम अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग हुने उनको बहु(प्रतीक्षित शिखरवार्ताका लागि सिंगापुर पुगिसकेका छन्। बहालवाला अमेरिकी राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीच हुन लागेको भेटवार्ता यो नै पहिलो हो। परमाणु अस्त्र परित्याग गर्नेसम्बन्धी प्रतिबद्धता किमका तर्फबाट आउने आशा वासिङ्टनले गरिरहेको छ।

सिंगापुरतर्फ जाँदै गरेका अमेरिकी राष्ट्रपति ट्रम्पले उनकै शब्दमा दुई जनाबीचको भेटबाट कस्तो प्रतिफल आउने भन्ने थाहा पाउनलाई उनलाई एक मिनेट मात्रै लाग्ने जनाए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ