मैत्रीपूर्ण खेलमा ब्राजिल विजयी

2018-06-11

एजेन्सी - अन्तराष्ट्रिय मैत्रीपुर्ण फुटबल खेलमा ब्राजिलले अष्ट्रियालाई ३–० ले पराजित गरेको छ । रसिया बिश्वकपमा समुह ई मा रहेको ब्राजिलले विश्वकपमा छनोट हुन नसकेको अष्ट्रियाविरुद्ध सहज जित हात पारेको हो ।

खेलको ३६ औं मिनेटमा जाब्रियल जिससको गोल मार्फत अग्रता बनाएको ब्राजिलका लागी नेयमारले अग्रता दोब्बर पारेका थिए । उनले ६३ औं मिनेटमा गोल गर्दै टोलीलाई २–० को अवस्थामा पुर्‍याए । ६९ औं मिनेटमा काउटिन्होले गोल गर्दै टोलीको जित फराकिलो पारेका थिए । ६५ प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेको ब्राजिलले अष्ट्रियाको पोष्टमा लगातार आक्रमण गरेको थियो ।

यद्यपि थप ७ प्रहार भने अष्ट्रियन गोलकिपरले बिफल तुल्याएका थिए । अन्तराष्ट्रिय मैत्रीपुर्ण फुटबलमा आज २ खेल हुनेछन् । साउथ कोरियाले सेनेगलको सामना गर्दा कोष्टारिका र बेल्जियम पनि आमने सामने हुनेछ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ