विश्वकप फुटबलमा अहिलेसम्म कसको के रेकर्ड ? हेर्नुहोस पुरा विवरण !

2018-06-10

बिबिसी - यतिबेला विश्वभर फुटबलको महमासंग्राम विश्वकप फुटबलको चर्चा छ । यहि बिहीबारदेखि सुरू हुने विश्वकप फुटबलको रौनक नेपालमा पनि निकै बढेको छ । आफु समर्थित् देशको जर्सी लगाउने देखि कसले जित्ला भन्ने अड्कलबाजीहरू भइरहेका छन् । मानिसहरू विश्वकप कसरी हेर्ने, कहाँ भेला भएर रमाइलो गर्ने जस्ता योजनाहरू समेत बनाइरहेका छन् । विश्वकपको रौनक बढिरहेका बेला सञ्चार माध्ययममा पनि सबैभन्दा बढि कभरेज विश्वकपकै छ । यहाँ हामीले बीबीसीका लागि डेनिएल डन्फोर्ड र नासोस स्टाइलियानूले तयार पारेको विश्वकप २०१८ : ‘जान्नुपर्ने सम्पूर्ण कुरा सात चित्रमा’ आलेखलाई नेपालीमा अनुवाद गरेका छौँ ।

के जर्मनी पेनाल्टीमा साँच्चै बलियो छ ? घरेलु मैदानको फाइदा कति हुन्छ ? अनि विश्वकपमा मेक्सिकोका कुन रक्षापङ्क्तिका खेलाडी र क्रिस्टियानो रोनाल्डोले गरेका गोलको सङ्ख्या बराबर छ ?विश्वकप नजिकिँदै गर्दा हामीले यस्ता जिज्ञासाहरूको उत्तर दिएका छौँ।

१. विश्वकप क–कसले जितेका छन् ?
विश्वकप विजेताको सूचीमा ब्राजिल शीर्ष स्थानमा छ। उसले पाँच पटक विश्वकप जितेको छ। अन्तिम पटक उसले सन् २००२ मा विश्वकप जितेको थियो। सन् २०१४ मा ब्राजिलले विश्वकप आयोजना गरेको थियो। तर सेमीफाइनलमा घरेलु मैदानमै ७–१ गोलको ठूलो अन्तरले हार बेहोर्‍यो।
युरोपेली र दक्षिण अमेरिकी देशबाहेक अरूले अहिलेसम्म विश्वकप जितेका छैनन्। जर्मनी, स्पेन र इटलीले पछिल्ला तीन प्रतियोगिता जितेपछि युरोपेली देशको पोल्टामा विश्वकप ११ चोटि र दक्षिण अमेरिकाको पोल्टामा जम्मा नौ चोटि पुगेको छ।


२. कसले सर्वाधिक गोल गरेका छन् ?

जर्मनीका मिरोस्लाभ क्लोज सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन्। उनले विश्वकपमा १६ गोल गरेका छन्। सन् २०१६ मा खेलबाट सन्यास लिएको भए पनि उनी यसपालि जर्मनीको टोलीमा कर्मचारीको भूमिका लिएर रुस जाँदैछन्।
कुल १५ गोल गरेका ब्राजिलका रोनाल्डो दोस्रो स्थानमा छन्। उनले ब्राजिलले विश्वकप जितेको सन् २००२ का खेलहरूमा आठ गोल हानेका थिए।
एउटै प्रतियोगितामा सर्वाधिक गोल गरेको कीर्तिमान भने फ्रान्सका जुस्ट फोँतेनले राखेका छन्। उनले सन् १९५८ को विश्वकपका ६ खेलमा १३ गोल गरेका हुन्।

३. अहिले खेल्दै गरेका खेलाडीले कति गोल गरेका छन् ?
दश वा सोभन्दा बढी गोल गरेका खेलाडीमध्ये जर्मनीका मिड्फिल्डर थोमस म्युलर मात्र खेलाडीका रूपमा यो विश्वकपमा सहभागी हुँदैछन्। क्लोजको कीर्तिमानको बराबरी गर्न म्युलरले एउटै प्रतियोगितामा पाँच गोल गरेको आफ्नै कीर्तिमान भङ्ग गर्नुपर्नेछ। गत विश्वकपमा कोलम्बियाका अग्रपङ्क्तिका खेलाडी हामेस रोद्रिगेसले गोल्डन बूट जितेका थिए। यसपालि पनि उस्तै प्रदर्शन गर्नसके सर्वोत्कृष्ट खेलाडीको रूपमा उनले आफूलाई प्रमाणित गर्नेछन्।

गोलकर्ताको सूचीमा भएका एक मात्र डिफेन्डर मेक्सिकोका राफाएल मार्केस हुन्। यी ३९ वर्षीय खेलाडी पाँचौँ पटक विश्वकपमा सहभागी हुँदैछन्। उनले र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले तीन, तीन गोल गरेका छन्।

४. विगतमा जस्तो टोलीहरूले गोलपोस्टमा धेरै प्रहार गर्न छाडे
कम्तीमा सन् १९६६ देखि यता – जबदेखि फुटबल विज्ञ ओप्टाले यसको आँकडा राख्न थाल्यो, आयोजित विश्वकपहरूको तुलना गर्दा गत विश्वकपमा सबभन्दा थोरै गोलपोस्ट लक्षित प्रहार भए।
तर त्यति हुँदाहुँदै पनि सन् २०१४ को प्रत्येक खेलमा औसत २ दशमलव ७ गोल भएका छन्, जुन सन् १९८२ को स्पेनमा भएको विश्वकपयताकै उच्च हो। रेन्जबाट प्रहार गरिएका बलको सङ्ख्या घट्दो देखिन्छ। एउटा राम्रो उदाहरण चाहिँ गत विश्वकपको फाइनल खेल र ओप्टाले आँकडा राखेको सन् १९६६ को खेल जसमा इङ्ग्ल्यान्ड विजयी भएको थियो।
सन् १९६६ मा बक्सबाट भन्दा बाहिरबाट दोब्बर संख्यामा पोस्टमा बल प्रहार गरिएको थिए। तर सन् २०१४ को फाइनल खेलमा गरिएका २० प्रहारमध्ये अधिकांश पेनाल्टी एरियाभित्रबाट भए।

५. इङ्ग्ल्याण्ड पछि पर्ला तर प्रेमियर लिग अझै सबभन्दा माथि छ

सन् १९६६ मा विश्वकप जितेपश्चात् इङ्ग्ल्यान्ड केवल एक पटक क्वार्टर फाइनलभन्दा माथि पुग्न सकेको छ। तर विभिन्न देशका राष्ट्रिय टोलीहरू इङ्ग्लिश प्रेमियर लिगमा खेल्ने खेलाडीहरूले नै भरिएका छन्। सो लिगका स्टार खेलाडीहरू लेरोय सेन, मार्कस अलोन्सो र डेभिड लुइज आफ्नो देशका राष्ट्रिय टोलीमा पर्न सकेनन्। तर कुनै पनि अन्य लिगभन्दा प्रेमियर लिगले नै धेरै खेलाडी दिएको देखिन्छ। इङ्ग्ल्यान्डका उच्च तीन लिगका विभिन्न क्लबमा अनुबन्धित १३० जना खेलाडीहरू विश्वकपमा छानिएका विभिन्न टोलीमा परेका छन्। जबकी स्पेनी क्लबका ८१ र जर्मन क्लबका ६७ खेलाडी त्यसरी खेल्दैछन्। उरुग्वे, पनामा, सउदी अरब र रुस मात्र ती देश हुन् जसको टोलीमा इङ्ग्ल्यान्डका कुनै क्लबबाट खेल्ने खेलाडी परेका छैनन्।

इङ्ग्ल्यान्डको टोलीका सबै २३ जना खेलाडी उही लिगमा खेल्छन्। अर्कोतिर स्वीडन र सेनेगलका टोलीमा भने ती देशका घरेलु लिगमा खेल्ने एउटा पनि खेलाडी परेका छैनन्।

६.आयोजक देशले कस्तो गर्ला ?

ब्राजिलले दुई पटक विश्वकप आयोजना गर्दा कस्तो परिणाम आएको थियो त्यो ब्राजिलमा कसैलाई पनि सम्झाइराख्नु पर्दैन। सन् १९५० मा सानो छिमेकी उरुग्वेसँग बेहोरेको पराजय अनि सन् २०१४ मा जर्मनीसँग ७–१ ले भएको हार राष्ट्रिय लज्जाका विषय बने। तर अधिकांश अन्य देशले घरेलु समर्थन पाउँदा राम्रो प्रदर्शन गर्ने गर्छन्। रुस त्यही आशामा छ। उसले आफ्नो समूहमा रहेका उरुग्वे, इजिप्ट र सउदी अरबलाई उछिनेर दोस्रो चरणमा जाने आशा राखेको छ। त्यसो भयो भने दक्षिण अफ्रिकामात्र त्यस्तो देश हुनेछ जसले आफ्नै भूमिमा आयोजित विश्वकप प्रतियोगितामा पहिलो चरणबाटै बाहिरिनु पर्‍यो।

७. पेनाल्टीबाट नतिजा

पेनाल्टी प्रहारको विवरण भएन भने विश्वकपबारे तयार पारिने सामग्री अपूर्णजस्तै मानिन्छन्।
विश्वकपमा आजसम्म एक जर्मन खेलाडीले मात्रै पेनाल्टी खेर फालेका छन्। तर जर्मन टोलीले पेनाल्टी प्रहारको अवसर पाएका चारवटै खेल जितेको छ। सन् १९८२ देखि उसले पेनाल्टी प्रहारबाट १५ गोल गरेको छ।

विश्वकपको इतिहासमा पेनाल्टी प्रहारबाट राम्रो परिणाम ल्याउन नसक्ने टोली इङ्ग्यान्ड हो। तीन चोटि पेनाल्टीबाट खेलको छिनोफानो हुँदा उसले कुनैमा पनि जित्न सकेन। पेनाल्टी प्रहारमा पराजय भोगेर इटली तीन चोटि विश्वकपबाट बाहिरिएको छ। सन् १९९४ मा ब्राजिलविरुद्धको फाइनलमा त्यति बेलाका चर्चित खेलाडी रोबर्टो बाजियोले पेनाल्टी प्रहार गर्दा बल गोलपोस्टमाथिबाट अकासिएको थियो। तर सन् २००६ मा फ्रान्सलाई पेनाल्टी प्रहारबाटै हराएर विश्वकप जित्दा इटलीले पेनाल्टीप्रतिको आफ्नो तितो अनुभव केही साम्य पारेको हुनुपर्छ।

घरेलु मैदानमा आयोजक देशलाई बढी लाभ भएको देखिन्छ शीर्षकको चित्र बनाउन फिफाले उपलब्ध गराएको तथ्याङ्क प्रयोग गरिएको छ। त्यसमा यदि पेनाल्टीमार्फत् परिणाम आएको छ भने नकआउट चरणका त्यस्ता खेललाई बराबरी मानिएको छ। तर अतिरिक्त समयमा खेलको छिनोफानो भएको छ भने त्यसलाई हार वा जित मानिएको छ।

घरेलु प्रतिभा शीर्षकको चित्रमा हामीले घरेलु क्लबमा खेल्ने धेरै खेलाडी भएका ११ देशलाई राखेका छौँ। खेलाडीहरू आबद्ध क्लबको तथ्याङ्क पनि फिफाको आधिकारिक सामग्रीबाट लिइएको हो। बीबीसी




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ