प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय प्रणालीमा जान फोरम तयार

2018-06-09

पोखरा - उपप्रधानमन्त्री उपेन्द्र यादवले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चाहे प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा जान सकिने बताएका छन् ।

नेकपा र फोरम नेपाल मिल्दा दुई तिहाई पुग्ने भन्दै उनले कम्युनिष्टले चाहे संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जान सकिने बताए ।

शनिबार पोखरामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै फोरम अध्यक्ष यादवले भने, ‘कम्युनिष्टको पनि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली नै हो, हामीले चाहेको पनि त्यहि हो । कम्युनिस्टले चाहेमा संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जान सकिन्छ, त्यसका लागि हामी तयार छौं ।’

विगतदेखि प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणालीको वकालत गर्दै आएका प्रचण्डले नेकपा गठनलगत्तै अब फेरि कार्यकारी राष्ट्रपतिका लागि पहल गर्ने बताएका थिए । उपेन्द्रको अभिव्यक्तिले प्रचण्डको मिसनमा बल पुगेको छ ।

यद्यपि नेपालका कम्युनिस्टहरु साइनबोर्ड झुण्ड्याउने तर, कम्युनिष्ट चरित्र नदेखाउने गरेको भन्दै उपेन्द्रले यसै भन्न नसकिने उनले बताए । प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली हुँदा लोकतन्त्र झन् बलियो हुने भन्दै उनले भने, ‘यसले लोकतन्त्रलाई धरापमा पार्दैन, गणतन्त्र झन् बलियो हुन्छ ।’

उपप्रधान एवं स्वास्थ्यमन्त्री यादवले नेपाल कम्युनिष्ट कम्युनिष्टसँग एकता गर्ने कुरा हल्ला मात्र भएको बताए । पार्टी एकता गर्नका लागि कम्युनिस्ट शब्द छाड्नुपर्ने उनको भनाइ थियो ।

समाजवादी शक्तिहरुसँग भने एकता हुने बताउँदै त्यसका लागि प्रयास भइरहेको उनले बताएका छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ