आत्मघाती गोलको मद्दतमा अरेबियामाथि जर्मनीको जित

2018-06-09

एजेन्सी - विश्व विजेता जर्मनीले फुटवल महाकुम्भ अघिको अन्तिम मैत्रीपूर्ण खेलमा साउदी अरेबियामाथि संघर्षपूर्ण जित निकालेको छ । गएराती भएको खेलमा फिफा वरियाताको शीर्ष स्थानमा रहेको जर्मनीले एसियन राष्ट्रय साउदी अरेबियालाई २–१ गोल अन्तरमा पराजित गर्‍यो ।

खेलको आठौं मिनेटमा टिमो वार्नरको गोलबाट अग्रता लिएपनि जर्मनीको जितमा अरेबियाको आत्मघाती गोलको मद्दत आवश्यक पर्‍यो । खेलको ४३ औं मिनेटमा ओमार हसवीले आत्मघाती गोलको उपहार दिएका थिए । २–० ले पछि परेको स्थितिमा ८४ औं मिनेटमा ताईसीर अल जासमले गोल गर्दै खेलमा फर्कने प्रयास गरेपनि पर्याप्त हुन सकेन ।

गएराती कै अन्य खेलमा एसियन मुलुक जापान स्वीजरल्याण्डसँग २–० ले पराजित हुँदा क्रोएसियाले सेनेगललाई २–१ ले पराजित गर्‍यो । उरुग्वेले उज्वेकिस्तानलाई ३–० ले र इरानले लिथुनियालाई १–० ले पराजित गर्दा पोल्याण्ड र चिलीले २–२ को बराबरी खेलेका छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ