बन्दीपुरमा केबलकार निर्माण सुरु हुने

2018-06-08

दमौली - प्राकृतिक दृश्यावलोकन र सुन्दरताका कारण चिनिएको पुरानो सांस्कृतिक गाउँ बन्दीपुरमा केबलकार सेवासमेत सुरु हुने भएको छ। झन्डै आठ वर्षअघि लाइसेन्स लिएको बन्दीपुर केबलकार कम्पनीले यही असारबाट काम थाल्दै छ। कम्पनीले ५५ करोड लागतमा १६ सय मिटर दूरीको केबलकार सुरु गर्ने केबलकारको निर्माण होल्डिङ कम्पनी आरकेडी रियल स्टेट कन्स्ट्रक्सन लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले बताए। सोही कम्पनीले कास्कीको सराङकोटमा समेत केबलकार निर्माण गर्दै छ।

प्राकृतिक हिसाबले बन्दीपुरमा आउने ठूलो संख्याका पर्यटकलाई आकर्षित गर्ने उद्देश्यसाथ केबलकार स्थापना गर्न लागिएको शर्माले बताए। ‘बन्दीपुरमा आउने स्वदेशी र विदेशी पर्यटकको संख्या बढ्दो छ’, उनले भने, ‘उनीहरूलाई केबलकार अर्को आकर्षण बन्न सक्छ।’ मनोरञ्जनका लागि खर्च गर्नेको संख्या बढ्दै गएको भन्दै उनले केबलकारबाट देखिने हिमाल र बन्दीपुरको सांस्कृतिक सम्पदाको दृश्यावलोकन फरक स्वाद हुने बताए। ‘राजमार्गबाट नजिकै भए पनि यसले दिने आनन्द बेग्लै छ,’ उनले भने।

पृथ्वीराजमार्गको डुम्रेबाट बन्दीपुरे उकाली हुँदै केबलकार बन्दीपुरको चुचुरोसम्म पुग्नेछ। डीपीआर सबै सकिएको केबलकार निर्माणका लागि स्थानीयको समेत लगानी भिœयाउने गरी काम भइरहेको अर्का लगानीकर्ता धर्मराज भण्डारीले बताए। कम्पनी लिमिटेडका रूपमा बन्दीपुर केबलकार लिमिटेड कम्पनीले स्थानीयको समेत लगानीमा निर्माण उनले बताए। स्थानीयलाई ३० प्रतिशतसम्म सेयर दिने तयारी कम्पनीको छ।

दसैंसम्ममा केबलकार तयार हुने अध्यक्ष शर्माले दाबी गरे। केबलकार अस्ट्रियन प्रविधिको हुनेछ। यसका लागि कोलकाताको दामोदर रोपवेलाई जिम्मा दिन लागिएको छ। ‘नेपालमै आधुनिक र आरामदायी केबलकार बन्दीपुरमा आउनेछ’, उनले भने। यससँगै सराङकोटमा समेत केबलकार भिœयाउने तयारी गरेको कम्पनीले बन्दीपुरमा सात ठाउँमा पोल राख्ने तयारी गरेको छ। बन्दीपुरमा केबलकार बन्ने चर्चा चलेको दशक पुग्न लागे पनि निर्माण सुरु नभएकाले स्थानीय भने आश्वस्त हुन सकेका छैनन्। बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले केबलकार भित्रिएमा बन्दीपुरको पर्यटनमा टेवा पुग्ने विश्वास व्यक्त गरे। ‘यसले बन्दीपुरको पर्यटनमा नयाँ आयामको भूमिका खेल्नेछ’, उनले भने, ‘हामी लगानीकर्ताका लागि आवश्यक वातावरण बनाउन तयार छौं।’

 

अन्नपुर्ण




थप समाचार


भ्रमण वर्ष सफल पार्न ४० देशका पर्यटनमन्त्रीलाई नेपाल आउन निम्तो

भ्रमण वर्ष सफल पार्न ४० देशका पर्यटनमन्त्रीलाई नेपाल आउन निम्तो

काठमाडाैं - सरकारले नेपाल भ्रमण वर्ष, २०२० लाई सफल पार्न तीव्र रुपमा काम गरिरहेकाे जनाएकाे छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण ...

चीन-नेपाल सहमति : सगरमाथाको उचाई संयुक्त रुपमा नापेर घोषणा गर्ने

चीन-नेपाल सहमति : सगरमाथाको उचाई संयुक्त रुपमा नापेर घोषणा गर्ने

काठमाडौं - नेपाल र चीनबीचमा भएको १४ बुदेँ संयुक्त वक्तव्यमा सगरमाथाको उचाइको विषयसमेत समेटिएको छ। दुवै देशको सीमा छुट्टाउने विश्वकै अग्लो सगरमाथाका विषयमा दुई देशको ...

पोखरा-मनाङ अब हप्तामा एक उडान गर्ने तयारी

पोखरा-मनाङ अब हप्तामा एक उडान गर्ने तयारी

पोखरा - हिमाल पारिको जिल्ला मनाङको हुम्दे विमानस्थलमा पक्की रनवे बनेको ६ वर्षपछि पोखरा-मनाङ हप्ताको एक उडान भर्ने तयारी गरिएको छ। २०७० मा मनाङको हुम्देस्थित ...





ट्रेन्डिङ


मन्त्रिपरिषद्‌को निर्णय : सत्य निरुपणमा भट्ट र बेपत्तामा सुवेदी नियुक्त

काठमाडौं - मन्त्रिपरिषदको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको छ। सत्य निरुपण तथा मेलमिलाप

तुम्बाहाम्फेलाई मन्त्री बनाउने तयारी

काठमाडाैँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई मन्त्री बनाउने तथा पार्टीभित्र उचित जिम्मेवारी दिने

कृषिको एक अर्ब अनुदान जम्मा १० निजी कम्पनीलाई, साना किसान हेरेको हेर्यै !

काठमाडौँ - प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा अनुकूल कार्यविधि बनाएर पहुँचका आधारमा एकै व्यक्तिलाई साढे ११ करोडसम्म बाँडिएको छ । ७० प्रतिशत सरकारी लगानीमा निर्माण हुने संरचनाको

यस्तो छ सभामुखको निर्वाचनको तालिका !

काठमाडौं - प्रतिनिधि सभाका सभामुखको लागि माघ १२ गते निर्वाचन हुने भएको छ। आज बसेको संसद बैठकमा जेष्ठ सदस्यको हैसियतामा महन्थ ठाकुरले अध्यक्षता ग्रहण गर्दै

इराकस्थित अमेरिकी दूतावास नजिकै इरानको फेरी आक्रमण

एजेन्सी - इराकी राजधानीस्थित उच्च सुरक्षा ग्रीन जोनमा अमेरिकी दूतावास नजिकै रकेट आक्रमण भएकाे छ। सुरक्षा स्रोतका अनुसार बगदादमा रहेकाे अमेरिकी दूतावास नजिकै तीनवटा रकेट

सभामुखकाे टुंगाे लगाउन कांग्रेस संसदीय दल कार्यसमिति बैठक बस्दै

काठमाडाैं - नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक मंगलबार बिहान ९ बजेका लागि बोलाइएको छ। बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने कांग्रेसले जनाएकाे छ। बैठकमा प्रतिनिधिसभाकाे

विश्व सम्पदा सूचीका ६४ सम्पदा अझै पुनर्निर्माण भएनन्

काठमाडौँ - ०७२ सालको भूकम्पले ३२ जिल्लाका विश्व सम्पदा क्षेत्रका एक सय ६० सम्पदामा क्षति पु¥याएको थियो । तीमध्ये अहिलेसम्म ९६ वटा सम्पदा मात्रै पुनर्निर्माण भएका

'घर पुनर्निर्माण हुन नसकेको भए हामीलाई भन्नुस' : सुशील ज्ञवाली

काठमाडाैं - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले कुनैपनि नागरिकको घर पुनर्निर्माण हुन नसकेको भए प्राधिकरणमा जानकारी गराउन आग्रह गरेका छन्। ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले