2018-06-07 |
अशोक शोकीको कलम यसरी चिप्लियो
अशोक शोकी भन्छन् –कलम चिप्लिएर आँशु चुहिएर उव्जेको शव्दभाव यस पुस्तकमा छर्केको छु । जीवन भनेकै विचार र यादहरुको खेती न हो । जीवन र दर्शनका कुरालाइ उनले पछ्याएका छन् ।
सायद मानिस जन्मदा नैं च्याँहाच्याहाँ गरेको थिएन भने उसले जिवनभर रोइरहन पर्दैनथ्यो कि ! सुखदुःखको दुइ पाटा अझ भनौं दिन र रातको समिश्रण नैं जीवन हो । तर दःुख सजिलै एउटा साधारण मानिसले व्यक्त गर्न सक्दैन , कवि ह्रदय भएको मानिसले मात्र सक्छ ,आफ्ना भावनाहरु शव्दमा उतार्न । मनमा दविएर,कोचिएर र लुकेर रहेको दुःखलाई अशोकले सुन्दर काव्यमा पोखेका छन् । कविता पढ्दा लाग्छ कवि गहिरो दुःख,वेदनामा छन् र चोट खाएको मुटु सुमसुम्याउन कविताका माला उन्दैछन् ।
आफूभित्र आफ्नैं परिभाषा हराएको छ
पहिरो झैं झस्किरहेछ
सन्तापले ह्रदयमा बाढी उर्लिरहेछ
यसैले अशोक शोकी भयो
शोकमा पिल्सिइरह्यो
दुःख नैं जीवनको अभिन्न अंग हो , त्यसैले त उनले सुखको एक झुल्को घाम मात्र प्राप्त गर्न शिखर, सगर ,चौतारी ,छहारी , बिसौनी , मस्तीमा रहेका प्रेमी प्रेमीकालाइ सोधे तर अहं पूर्ण खुसी केही भेटेनन् र चित्त बुझाए कस्लाइ सुख छ ? लेखेर ।
तस्विरलाइ चुमिहेर ,कता जाने हो ?व्यर्थ लाग्छ, ,जति तलाउमा, हत्तेरिका आदिमा जीवन जगत र प्रकृतिका अनेक आयामहरु केलाएका छन् उनले ।
हत्तेरिका आज त हुनु भयो
मेरो दुःखमा आकास रोयो
पानी पर्यो
मेरो दुःखले असारे भाका हालेछ
रोएको आकाशले सिर्जनाको बीउ छरेर
पुर्णताको मङ्सिर झुलाउनेछ
उनले रोएको आकाश वा मनले पनि पूर्णताकोे आभाष लिएका छन् , ्जस्ले असारमा सिर्जनाको विउ रोपेर मंसिर झुलाए । दःुखले उव्जाएको बाली थन्क्याउँदा किसान हर्षित भए झै कवि पनि हर्षित हुन्छन्, कविता सृजना गरेर ।
नछुटाइ दिनु
अक्षर भरेर के हुन्छ शव्द मात्र भरिन्छ
शव्द भरेर के हुन्छ अर्थ भए पो हुन्छ
साहित्यमा शव्दले मर्म छोएको होस्
अर्थात् सृङ्गार रसले भरिपूर्ण होस्
हो उनले ठीकै भनेका त छन् ,अर्थ वीनाको शव्द कोचेर मात्र लेखेको रचनाले कुनैं अर्थ दिदैन, मह वीनाको चाका जस्तो मात्र हुन्छ ।
प्राय छोटा छोटा ,चोटिला र मार्मिक शव्दहरु राखेर रचना गरिएका कविताहरु रहेका छन् यस संग्रहभित्र ।
तिम्रो आँशुमा हाँसो छर्न चाहेको थिएँ
गल्तीले हाँसोमा आँसु छर्कन पुगेछु
हतार छ, नफिजाउ जाल ,एउटै भए पनि, मात्रै पाप गर्छन् आदिमा देश प्रेम र जातियताको झल्को भेटिन्छ । बिभिन्न जातजाती भएको देश भए पनि नेपालीहरु मिलेर बस्नु पर्छ नत्र दुष्मनले आँखा लगाएर खुट्टा तान्छन् भन्ने सन्देश पाइन्छ ।
नफिजाउ जाल
यहाँको हाल आफैं जालमा जेलिएको छ
नवजाउ थाल
अनिकालले वेहाल भएको छ
विदेशी रकमले पुरेन खाडल
स्वदेशी हुकुमले गरिवको
कर्ममा हटेन बादल
गणतन्त्र कुन मन्त्र हो निमुखा जनता पछार्ने
विधान भन्ने रहेछ निमुखा जनता मार्ने
उनी देशको अवस्था प्रति चिन्तित भएर ,वितृष्णाले छट्पटिएर, सरकारमा बसेकाहरुको लाचारीपनलाइ उजागर गर्न खोजेका छन् । यस पुस्तकमा उनका प्रेमील कविताहरु र प्रेम वियोगका कविताहरु छरप्रष्ट भेटिन्छन् । भुलेको छैन,स्पर्श गरिदेउ,जुनेली भयो, कायल भएँ, म तिमीले बिर्सेको, जवानी झलझल, देखेकै भरमा आदि । म तिम्रो भिखारीमा उनी यसरी आफ्नी प्रेमीकासंग मायाको याचना गर्दछन् ।
विउँझेदेखि यी नजर
तिम्रो नजरको खोजीमा तड्पिरहन्छ
सुनसानमा तिम्रो मायाको आडले
मेरो आत्मालाइ गुम्स्याएर छट्पटी हुन्छ
शीर्ष कविता कलम यसरी चिप्लियोमा आमाको आँशुले विदेशिएका छोराछोरीलाइ पुकारिरहेको मार्मिक र बास्तविक चित्र कोरेका छन् । नेपाल आमा रोगले ग्रस्त हुँदा ,सहारा दिने छोराछोरी नहुँदा आमा पीरले दुव्लाउँदै गएको सन्दर्भ जोडेका छन् ।
आमा रुदै थिइन्
युवायुवती परदेशी भए
आमा विरामी भइन्
किटाणु जति मोटाइ आए
आमा थला पर्दै गइन्
श्रवण कुमार भेटिएनन्
हेरविचार गर्ने
पीडामा साउन रोयो
यसरी हेर्दा उनका कवितामा समाजको यथार्थता ,मनका उद्वेगहरु , राजनितिक अवस्था प्रति दुखित र आमाको ममताले ओतप्रोत भएका कविताहरु रहेका छन् यस संग्रह भित्र ।सरल भाषामा लेखिएको भएता पनि कुनैं कुनैं कविताहरुको भाव बुझ्न हम्मेहम्मे पर्छ पाठकलाइ । उनका केहि कविताहरु गद्य र लयमा लेखिएकाले गीति कविता जस्ता पनि लाग्छन् ।
२०६२ मा देश मेरो पुस्तक,२०७३ मा मनको यात्रा ,अविश्रान्त पाइलाप्रकाशनमा ल्याइ सकेका उनकोे कलम यसरी चिप्लियो तेस्रो कृती हो । उनका दर्शन र अन्य पुस्तक गरेर ५ वटा पुस्तकहरु प्रकाशनको तयारीमा रहेका छन् ।
इलाहावाद विश्वविधालयबाट संगितमा स्नातक उनी नेपाल टेलिभिजनमा २०४६ सालमा संयोजक र सालमा २०५१ सालमा निर्माण निर्देशकको रुपमा र बिभिन्न सामाजिक र साहित्यिक संस्थाहरुमा रहेर काम गरेका उनी बिभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय पुरस्कार र कदरपत्रबाट बिभुषित भएका छन् ।
उनले रुस ,पोल्याण्ड,जर्मनी,भारत आदि देशको भ्रमण गरेका छन् ।
आमा राजमाया महर्जन र बुबा नर बहादुर महर्जनको कोखबाट ५१ बर्ष अघि जन्मेकाअशोक शोकी किर्तिपूर, काठमाण्डौका मूल बासिन्दा हुन् । कलम ,कापीसंगै र योग दर्शनमा रमाउन चाहने उनले काव्य सिर्जनामा अझैं धेरै इट्टाहरु थप्दै जाउन् ,यहि शुभकामना व्यक्त गर्दछु । यस संग्रहभित्र अशोक भयो देखि कर्म पनि कस्तो कस्तो कविता पेज १ देखि पेज ९१ सम्म कविताहरु रहेका छन् ।
चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...
निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...
मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...