प्रदिप खड्काको ‘लभ स्टेसन’ बन्ने

2018-06-07

काठमाडौँ - नेपाली फिल्म ‘लिलीबिली’ का प्रदीप खड्का र जसिता गुरुङलाई लिएर नयाँ फिल्म ‘लभ स्टेसन’ बन्ने भएको छ ।

सुवाससिंह बस्नेतको लेखन रहने फिल्मको पटकथामा काम भइरहेको निर्माता गोविन्द शाहीले जनाए । ‘भदौ अन्तिम या त असोजदेखि छायांकनमा जाने लक्ष्य छ,’ पत्रकार सम्मेलनमा उनले भने, ‘फागुन २४ गते रिलिज तय गरेका छौं ।’

काफिया फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मका लागि बाँकी कलाकारहरु छनोट प्रक्रियामै रहेको शाहीले बताए । शाहीसँगै निर्देशक घिमिरे र क्रिसु शाही निर्माताका रूपमा छन् । ‘लभ स्टेसन’ घोषणा कार्यक्रममै ‘लिलीबिली’ को ५१ दिने केक पनि काटिएको थियो ।

फिल्मको निर्देशन उज्वल घिमिरेले गर्ने बताइएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ