ग्वाटेमालामा फेरि अर्को ज्वालामुखी, मृत्यु हुनेको संख्या ७५ नाघ्यो

2018-06-06

काठमाडौ - ग्वाटेमालामा फेरि ज्वालामुखी विस्फोट हुन थालेपछि आपत्‌कालीन सेवाका अधिकारीहरूले वरपरका मानिसहरूलाई सुरक्षित स्थानमा सारिरहेका छन्। फोएगो नामक ज्वालामुखीबाट ताजा लाभा निस्केर दक्षिणतिर खसिरहेको छ। आइतवार ज्वालामुखी विस्फोट भएयता कम्तीमा ७२ जनाको ज्यान गएको छ भने अन्य कैयौँ हराइरहेका छन्। अधिकारीहरूका अनुसार ज्वालामुखी विस्फोटका कारण १७ लाख मानिस प्रभावित भएका छन्।

तीन हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ भने धेरै मानिसहरूले अस्थायी रूपमा आश्रय लिइरहेका छन्। ज्वालामुखी पर्वतको भीरमा रहेका गाउँहरू खरानी र हिलोले पुरिएका छन्।

ज्वालामुखीसम्बन्धी विज्ञहरूले शुरूमा १० किलोमिटर माथिसम्म खरानी फालेको ज्वालामुखी निकट भविष्यका लागि समाप्त भएको मंगलवार बताएका थिए। ग्वाटेमालाको राष्ट्रिय भूगर्भ केन्द्रका प्रमुख एड्डी सान्चेसले आगामी केही दिनसम्म ज्वालामुखी विस्फोट नहुने बताएका थिए। मंगलवार नयाँ विस्फोट भइरहँदा आपत्‌कालीन सेवाका अधिकारीहरूले शवको खोजी गरिरहेका थिए।

ग्वाटेमालाको विपद्‌ नियन्त्रण निकायका प्रमुखले आइतवार ज्वालामुखी विस्फोट हुनुअघि कुनै चेतावनी जारी नगरिएको बताएका छन्। स्थानीयबासिन्दाहरूले आपत्‌कालमा बच्ने उपायबारे प्रशिक्षण लिए पनि एकदम छिटो ज्वालामुखी विस्फोट भएकोले उनीहरूले सिकेका कुरा लागु गर्न नसकेको उनको भनाइ छ।

ज्वालामुखीसम्बन्धी एकजना विज्ञले ज्वालामुखीबाट निस्किरहेको खरानी र हिलो खतरनाक भएको भन्दै त्यसलाई नजरअन्दाज गर्न नहुने बीबीसीलाई बताए। बीबीसी




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ