विश्वकप रोचक : एउटै खेलमा एउटै खेलाडीलाई तीन पँहेलो कार्ड

2018-06-05

एजेन्सी - सन् २००६ को विश्वकप फुटबल जर्मनीमा आयोजना भएको थियो । उक्त विश्वकपका क्रममा एकपछि अर्को गर्दै थुप्रै विवाद देखिएका थिए । खासगरी रेफ्रीको एउटा गलत निर्णयका कारण उक्त विश्वकप सबैभन्दा बढी विवादित बनेको थियो । जुन २२ तारिखमा समूह ‘एफ’ अन्तर्गत अस्ट्रेलिया र क्रोएसियाको खेल थियो । उक्त खेलमा इङ्ल्यान्डका ग्राहम पोल रेफ्रीको भूमिकामा थिए।

खेलका क्रममा रेफ्री पोलले क्रोएसियाका एक खेलाडीलाई तीन पटक पहेँलो कार्ड देखाएका थिए । तेस्रो पटक पहेँलो कार्ड दिएपछि मात्र रेफ्रीले ती खेलाडीलाई रातो कार्ड पनि देखाएका थिए । खेलको नियमअनुसार दोस्रो पटक पहेँलो कार्ड पाउनेबित्तिकै खेलाडीले मैदान छाड्नुपर्ने हुन्छ । यद्यपि खेलपछि रेफ्री पोलले आफूले थाहा नपाएर यस्तो गल्ती भएको प्रतिक्रिया दिएका थिए ।

खेल सुरु भएको ६१औं मिनेटमा क्रोएसियाका जोसिप सिमुनिचले पहेँलो कार्ड पाएका थिए । त्यसपछि ९०औं मिनेटमा उनलाई रेफ्री पोलले दोस्रो पटक पहेँलो कार्ड देखाए । दोस्रो पटक पहेँलो कार्ड पाउँदा पनि न खेलाडी सिमुनिचले मैदान छाडे न त रेफ्री पोलले नै उनलाई मैदानबाट बाहिर जान निर्देशन दिए । ९३औं मिनेटमा रेफ्री पोलले खेल सकिएको जनाउ दिन सिट्ठी बजाए । त्यसपछि सिमुनिचले रिसाउँदै गएर रेफ्री पोललाई धकेले । त्यही झोंकमा रेफ्रीले उनलाई तेस्रो पटक पहेँलोसँगै रातो कार्ड पनि देखाएका थिए।

सिमुनिचले खेल सकिनुअघि नै दुईवटा पहेँलो कार्ड पाइसकेको विषयमा रेफ्री पोलसँगै सहायक रेफ्री र फोर्थ अफिसियलसमेत अनभिज्ञ थिए । उक्त खेल २—२ गोलको बराबरीमा सकिएपछि अस्ट्रेलिया समूह उपविजेताका रूपमा अघिल्लो चरणमा प्रवेश गरेको थियो । उक्त खेलमा आफ्नो टोली पराजित भएको भए रेफ्रीको विरुद्घमा उजुरी गर्ने पर्याप्त आधार आफूसँग भएको प्रतिक्रिया अस्ट्रेलियन फुटबल महासंघका प्रमुख कार्यकारी जोन ओनिलले दिएका थिए ।

 

अन्नपुर्ण




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ