ट्रम्पले वार्ता रद्द गरेको प्रति उत्तर कोरियाको आयो यस्तो प्रतिक्रिया !

2018-05-25

एजेन्सी - उत्तर कोरियाले आफ्ना नेता किम जोन उनसँगको शिखर बैठक रद्द गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयप्रति दुःख व्यक्त गरेको छ। उत्तर कोरियाको सरकारी समाचार संस्थाले उक्त निर्णय विश्वको चाहना विपरीत भएको बताएको छ। उसले उक्त शिखर बैठकको

आयोजनाका लागि किम जोन अनले ठूलो प्रयास गरेको उल्लेख गर्दै वासिङटनसँगका मतभेदहरु, उसकै शब्दमा, ूजहिलेपनिू र ूजसरीपनिू समाधान गर्न प्योङयाङ इच्छुक रहेको उल्लेख गरेको छ। शिखर बैठक स्थगनको खबरपछि अन्तर्राष्ट्रिय समुदायले पनि निराशा व्यक्त गरेको छ र राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले गहिरो चिन्ता व्यक्त गरेका छन्।

दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले गहिरो खेद व्यक्त गर्दै आफ्ना उच्च सुरक्षा अधिकारीहरूलाई आपत्कालीन बैठकका लागि बोलाएका छन्। शिखर बैठक स्थगन गर्ने निर्णय लिएका राष्ट्रपति ट्रम्पको विपक्षीहरूले अमेरिकी संसदमा चर्को आलोचना गरेका छन्। डिमोक्र्याटिक दलकी नेता न्यान्सी पेलोसीले उत्तर कोरियासँग ट्रम्पले गम्भीर रूपमा व्यवहार गर्न नसकेको बताइन्। तर राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अधिकारीहरूले उत्तर कोरियाका प्रतिनिधिहरू सिंगापुरमा अघिल्लो साता शिखर बैठकको तयारीका लागि हुने भनिएको बैठकमा नआएको र प्योङयाङले आफ्नो परमाणु परीक्षणस्थल नष्ट गर्ने क्रममा अन्तर्राष्ट्रिय अनुगमनकर्ताहरूलाई उपस्थित हुन नदिएको टिप्पणी गरेका छन्।

बिहीवार विदेशी पत्रकारहरूको एउटा समूहलाई उक्त भूमिगत परिक्षणस्थलसम्मको प्रवेश सुरुङ नष्ट गर्न आयोजित कार्यक्रममा उपस्थित गराइएको थियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ