एबी डेभीलियर्सले किन लिए अन्तरर्र्राष्ट्रिय क्रिकेटबाट सन्यास ?

2018-05-24

एजेन्सी - दक्षिण अफ्रिकाका पूर्व कप्तान एबी डेभीलियर्सले सबै प्रकारका अन्तरर्र्राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट सन्यास लिने घोषणा गरेपछि विश्वभरी नै तरङ्ग फैलिएको छ ।

आइपिएल खेलिरहेका डेभीलीयर्सको यो अकस्मातको निर्णयले खेलाडी तथा खेल प्रशंसलाई निराश बनाएको छ । एक महान क्रिकेट खेलाडीले यति चाडैं सन्यास लिएकोमा धेरै क्रिकेटप्रेमी चकित भएका छन् ।

डेभिलियर्सले अचानक तिन वटै चरणका अन्तर्राष्ट्रिय मान्यताबाट सन्यास लिए पश्चात सामाजिक संजालका भिक्ता रंगीएका छन् ।

अचानकको यो निर्णयले सामाजिक संजालमा प्रशंसा र आक्रोस पोखिएको देखिन्छ । सन्यासको घोषणा गर्दै ट्विटरमा पोष्ट गरिएको भिडियोमा डेभिलियर्सले ‘अब अन्य खेलाडीलाई अगाडि जान दिनुपर्ने बेला आएको छ।’ भनेका थिए ।
डेभिलियर्सको संन्यास घोषणाले क्रिकेटप्रेमी त भावुक भएका छन् नै । विश्वका चर्चित क्रिकेट खेलाडी पनि निराश तथा भावुक भएका छन् । महान् क्रिकेट खेलाडी सचिन तेन्दुलकरले ट्वीट गर्दै भनेका छन्, ‘निश्चित रूपमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा तपाईको कमी महसुस भइरहने छ । मैदानमा मात्रै नभई मैदान बाहिर पनि ३६० डिग्री सफलता मिलोस्, तपाईलाई मेरो शुभकामना छ म सधैं तपाईको साथ मै रहने छु ।’

श्रीलंकाका पूर्व कप्तान माहेला जयवर्धनेले डेभिलियर्सको आगामी जीवनका लागि शुभकामना दिएका छन् । साथैं, उनले ट्वीटमा भनेका छन्, ‘डेडिलियर्स शानदार खेलाडीमा एक हुन् । उनको अन्तर्राष्ट्रिय प्रतियोगितमा अहम् भूमिका छ ।’

यस्तैं, भारतका अर्का चर्चित पूर्व खेलाडी विरेन्द्र सहवागले डेभिलियर्स बिना दक्षिण अफ्रीकाको अन्तर्राष्ट्रिय क्रिकेट खल्लोपन हुने तथा अपूरो रहने भनेका छन् । तर, क्रिकेट प्रशंसका माझ भने सधैं लोप्रिय बन्नु हुने छ भन्दै ट्वीट गरेका छन् । साथैं, उनले डेभिलिर्यसको आगामी यात्राका लागि शुभकामना दिएका छन् ।

अधिकांश क्रिकेट प्रशंसकले खेलाडी त आउने जाने गर्छन् तर अब दोस्रो डेभिलियर्स देख्न मुस्कील छ भनेका छन् । साथैं, धेरै क्रिकेटप्रेमीले अहिले नै डेभिलियर्सले संन्यास लिएकोमा दुःख व्यक्त पनि गरेका छन् ।

उनीहरुले भनेका छन्,‘डेभिलियर्सको अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितमा ठूलो योगदान छ । तर, दक्षिण अफ्रीकालाई क्रिकेटमा अझैं अगाडी पुर्याउनु थियो भने अहिले नै उनले यो निर्णय लिनु राम्रो होइन ।’

डेभिलियर्सले दक्षिण अफ्रीकाको राष्ट्रिय टोलीबाट ११४ टेष्ट, २२८ ओडीआइ तथा ७८ टी२० अन्तर्राष्ट्रिय प्रीतयोगितामा सहभागिता जनाएका छन् । उनलेले सन् २००४ सालमा अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटमा डेब्यू गरेका हुन् ।

उनी सबैभन्दा छिटो एक दिवशीय क्रिकेट मा शतक र अर्धशतक बनाउने खेलाडी पर्ने गर्छन् । डेभिलीयर्सले १८ जनवरी २०१५ मा वेस्टइंडीजविरुद्ध जोहन्सबर्गमा खेलेको एक दिवशीय प्रतियोगितमा ३१ बलमा सबैभन्दा छिटो शतक हानेका थिए।

यस्तै, उनले यहि प्रतियोगितमा १६ बलमा अर्धशतक पनि पूरा गरेका थिए । यहि प्रतियोगितामा डेभिलियर्सले ५९ बलमा १४९ रनको पारी खेलेका थिए ।

डेभिलियर्सले २००७ र २०१५ को बिच ३ विश्वकप खेलका छन् । उक्त खेलमा उनले ६३.५२ को औसतमा १२०७ रन बनाएका थिए । विश्वकपमा उनको १६२ उच्च स्कोर हो ।

३४ वर्षिय डेभिलियर्सले २२८ एक दिवशीय खेलका छन् । जसमा ५३.५० का औसतमा ९,५७७ रन बनाएका छन् । एक दिवशीय प्रतियोगितामा उनको नाममा २५ शतक र ५३ अर्थशतक सामेल छन् । एक दिवशीय खेलमा उनको सर्वाधिक १७६ रन हो ।

टी२० मा डेभिलियर्सले दक्षिण अफ्रीकाका लागि ७८ खेल खेलेका छन् । जसमा उनले १६७२ रन बनाएका छन् । टी२० मा उनको नाममा सबैभन्दा छिटो बनाएका १० अर्धशतक छन् ।

क्रिकेटका अलवा डेभिलियर्सका अन्इ थुप्रै उपलब्धी छन्ः

– राष्ट्रीय जूनियर हकी टीममा छनौट ।

– राष्ट्रीय जूनियर फुटबल टिममा छनौट ।

– जूनियर रग्बी टीमका कप्तान

– दक्षिण अफ्रीकाको जूनियर डेविस कप टेनिसमा सदस्य

– जूनियर लेवलको दक्षिण अफ्रीकी १०० मीटरका सबैभन्दा छिटो दगर्नुे धावक




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ